ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा कोरोनाका शंकास्पद बिरामीलाई बिशेष ब्यवस्था ।

काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले (कोभिड-१९) कोरोना भाइरसका शंकास्पद बिरामीकालागि बिशेष उपचार ब्यवस्था गरेको छ ।

अस्पतालले गरेको बिशेष व्यवस्था अन्तर्गत अलग्गै इमर्जेन्सी स्क्रीनिङ रुम, फिवर क्लिनिक र आइसोलेशन वार्ड संचालन गरिएको अस्पतालले जनाएको छ । साथमा बिरामीका आफन्तजन तथा कुरुवाकालागि (भिजिटर्स लाउन्ज) कुरुवा कक्षको समेत ब्यवस्था गरिएको छ । भने विश्व स्वास्थ्य संगठनको निर्देश अनुसार इमर्जेन्सी स्क्रीनिङ रुम देखी आइसोलेशन वार्डसम्म पुर्याउनकालागि छुट्टै रेडमार्कड पाथको समेत ब्यवस्था गरिएको छ ।

Image may contain: house and outdoor
ॐ अस्पताल परिसरमा स्थापित गरिएको फिवर क्लिनिक जहाँ ज्वरो आएका बिरामीको प्रारम्भिक जाँच गरिन्छ ।

महामारीका कारण उत्पन्न बिषम परिस्थितिमा कोभिड-१९ संक्रमित कोरोना भाइरसका शंकास्पद बिरामीको उपचारकालागि आवश्यक पर्सनल प्रेटेक्सन इक्युपमेन्ट-पिपिई समेत आफैं तयार गरेको जनाएको छ । उपचारका लागि आवश्यक उपकरण औषधि र स्वास्थ्यकर्मीका लागि ओरियन्टेसन समेत गरेर तयार अवस्थामा राखिएको छ।

राज्यको निर्देशन अनुसार शंकास्पद कोरोनाका बिरामीहरुकालागि बिश्व स्वास्थ्य संगठनले तोकेको बिशेष प्रोटोकल अनुसार उपचार ब्यबस्था मिलाएको अस्पतालका मेडिकल को अर्डिनेटर डा.बिश्वनाथ कोइरालाले जानकारी दिनुभएको छ ।

Image may contain: possible text that says 'SCREENING EMERGENCY ROOM'
कोरोनोका शंकास्पद बिरामीहरुकालागि अलग्गै सुबिधा सहितको स्क्रिनिङ इमर्जेन्सि रुम
Image may contain: possible text that says 'COVID-19 Isolation ward'
कोरोनाका बिरामीकालागि तयार पारिएको आइशोलेसन वार्ड

जस अन्तर्गत ३ बेडको अलग्गै इमर्जेन्सी स्क्रिनिङ रुम, फिवर क्लिनिक र ८ बेडको सुबिधा सम्पन्न आइसोलेशन वार्ड संचालनमा रहेको डा.कोइरालाले जानकारी दिनुभएको छ।

Image may contain: table and indoor
कोरोनाका शंकास्पद बिरामीकालागि तयार पारिएको आइशोलेसन वार्ड

कोरोना संक्रमित बिरामीकालागि आइसोलेशन वार्डमा आवश्यक दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीहरुलाई उपचारका पछिल्ला अपडेट सहित ओरियन्टेशन समेत गरीएको उहाँले बताउनुभएको छ ।

Image may contain: outdoor
बिरामीका आफन्त तथा कुरुवालाई सोसल डिस्टान्सिङ पोलिसि अनुसार ब्यवस्था गरिएको भिजिटर्स लाउन्ज

अस्पतालका प्रबन्ध संचालक बाबुकाजी कार्कीले ॐ अस्पताल आफुसँग भएका साधन श्रोतहरुले भ्याएसम्म राज्य र नागरिकलाई सहयोग गर्ने तत्पर रहेको बताउनु भएको छ ।

अस्पतालका अत्यन्त दक्ष तथा अनुभवि चिकित्सक र स्वास्थ्यकर्मीहरु सदाझैं तयार अवस्थामा रहेको जानकारी दिनुभएको छ ।

अस्पतालमा रहेको अत्याधुनिक सेवा सुबिधा सहितको आकस्मिक उपचार सेवा र आइसियू सेवाले समेत संक्रमित बिरामीको उपचार ॐ अस्पतालका लागि चूनौतीपूर्ण नभएको कार्कीको दाबी छ ।


ताजा खबर