प्रतिनिधिसभामा सभामुखको भूमिकाप्रति नेपाली कांग्रेसको असन्तुष्टी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभामा सभामुखको भूमिकाप्रति असन्तुष्टी जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार बसेको पदाधिकारी बैठकले सभामुखले संसदको अवरोध अन्त्य गर्नको लागि संवेदनशिल नदेखाएको भन्दै सभामुखको भूमिका प्रति असन्तुष्टी जनाएको हो ।

बैठकपछि कांग्रेस महामन्त्री गगन कुमार थापाले सरकार सदन पनि चल्न नदिने र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी प्रकरणको छानविन समिति पनि नबनाउनेतर्फ उद्दत भएको निष्कर्ष निकालेको जानकारी दिनुभयो ।

उहाँले सरकारको रवैयामा सभामुखले पनि गतिरोध अन्त्य गर्न कुनै पहल नगरेको पार्टीको ठहर रहेको बताउनुभयो । सदनमा गृहमन्त्रीको जवाफ सुन्नका लागी आफुहरु तयार रहेपनि सभामुखले जवरजस्ती कार्यसूचीमा प्रवेश गरेका कारण रोष्टम घेराउ गर्नुपरेको उहाले बताउनुभयो ।

थापाले संसदको आगामी बैठकमा पार्टीको भूमिकाका बारेमा थप निर्णय गर्न सोमबार कांग्रेस संसदीय दलको बैठक बोलाइएको जानकारी दिनुभयो । उहाले प्रधानमन्त्रीले तत्काल सहकारी बचतकर्ताको रकम फिर्ता गर्ने बिषउमा आश्वस्त पार्न नसके समाजमा अप्रिय घटना हुनसक्ने बताउनुभयो ।

थापाले जिवि राइसँग मिलेर रवि लामिछानेले अरवौ रकम हिनामिना गरेको दावी रहेको उल्लेख गर्नुभयो । उहाँले संसदीय समिति गठनका नाममा वर्तमान सरकार परिवर्तन गर्न खोजेको भन्ने कुरा सहि नभएको भन्दै आफूहरु एमालेसँग मिलेर अहिले सरकार परिवर्तनको खेलमा नरहेको प्रष्ट पार्नुभयो ।

उहाले संसदीय छानविन समितिले काम पनि गर्ने र सदन पनि सहज रुपमा चल्ने गरि अघि बढ्नुपर्नेमा स्पष्ट रहेको बताउनुभयो । गृहमन्त्रीको राजीनामा माग्ने काम पनि कांग्रेसबाट नहुने उहाँको भनाइ छ । रासस


ताजा खबर