एक दशकलामो राष्ट्रिय साप्ताहिक प्रकाशनपछि समय सापेक्ष डिजिटल स्वरुपमा सूचना तथा विचार प्रस्तुत गर्ने हाम्रो सफल प्रयास हो सफल नेपाल डट कम यस पेजमा हामी राजनीतिक र गैरराजनीतिक दुवै विषयमा समाचार सामग्री पस्कने छौं। सामाजिक, राजनीतिक, आर्थिकलगायतका विविध क्षेत्रका विचार र विश्लेषण सम्पेषण गर्नु हाम्रो उदेश्य हो। देश भ्रष्टाचार र अनियमितताको दलदलमा भासिएको अवस्थामा हामी सुशासनको मुद्दामा दर्बिलो रुपमा उभिने छौं। आम नेपालीका आवाज हामी यस पेजमा  समेट्ने छौं। राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्र मुख्य मुद्दा हुन् । हामी भोक, रोग, गरिवी र अशिक्षाका साझा मुद्दामा सारथि बन्ने प्रण गर्दछौं। संस्कृति, सभ्यता र परम्पराको जगेर्नापनि हाम्रो प्राथमिकता हो। राष्ट्रहित, सुशासन र पारदर्शितामा कसैसँग सम्झौता हुने छैन। नेपालको संविधान २०७२ ले जनतालाई राजकीयसत्ता र सार्वभौमसत्ता निहित गराएको छ। प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा संविधानका मूलभूत विशेषता र आधारस्तम्भ हुन्। हामी संविधानका ती मूल्यमान्यताप्रति अबिलचित रहि सकारात्म सोच सहितका समाचारका माध्यमबाट सफल पत्रकारीता गर्नेछौँ। 

जय नेपाल !!