धुलिखेल अस्पतालमा बिना अपरेसन मिर्गौलाको पत्थरी निकाल्ने प्रविधि

काभ्रेको धुलिखेल अस्पतालले ‘रेट्रोग्रेड इन्ट्रा रेनल सर्जरी’बाट मिर्गौलाको पत्थरीको उपचार सुरु गरेको छ । मिर्गौलाको पत्थरीलाई बिना अपरेसन यस प्रविधिको प्रयोगमार्फत फुटाएर निकाल्ने गरिएको हो ।

प्रविधिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा छिटो र सहज ढंगले कम लागतमा अपरेसन बिनानै पत्थरीको उपचार गर्न यो प्रविधिले मद्दत पुग्ने धुलिखेल अस्पतालका प्रा. डा. सुमनराज ताम्राकारले बताए ।

उनका अनुसार मिर्गौलाको पत्थरी फुटाएर निकाल्ने यस प्रविधिमा अप्टिकल फाइवरयुक्त दूरबिन प्रयोग गरी उपचार गरिन्छ ।

मूत्र नलीमार्फत अप्टिकल फाइवरयुक्त दूरबिन मिर्गौलासम्म पठाएर पत्थरी पत्ता लगाइने र लेजर प्रविधिबाट पत्थरीलाई फुटाएर निकालिने उनको भनाइ छ ।

यसअघि मिर्गौलामा हुने पत्थरीको उपचार नेफ्रोलिथोटोमी, पाइलोलिथोटोमी, ल्यापारोस्कोपी, एक्स्ट्रा कर्पाेरियल सकवेभ लगायतका विधिबाट हुँदै आएको थियो । सफल नेपाल


ताजा खबर