रकम अपचलनमा संलग्नता नरहेको उपप्रधानमन्त्री लामिछानेद्वारा स्पष्ट

प्रमुख प्रतिपक्षी दल उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसदमा आफ्नो विचार राख्न सहमत भएपछि प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उपप्रधानमन्त्री लामिछानेले सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता नरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजेका लागि बैठक बस्ने कार्यसूची भए पनि दुई पटकसम्म सारेर साढे चार बजे सम्मका लागि स्थगित गरिएको थियो ।

त्यसपछि दलहरुबीच भएको परामर्शपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस उपप्रधानमन्त्री लामिछानेलाई सदनमा आफ्नो विचार राख्न सहमत भएपछि बेलुकी ६ः०० बजेपछि मात्रै बैठक बसेको हो ।

बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो नाम जोडेर चलाइएका हल्लाहरू निराधार भएको बताउनुभयो ।

उपप्रधानमन्त्री लामिछानेले आफूमाथि लगाइएको आरोप सत्य हो भने मुद्दा दायर गर्न चुनौती दिँदै अन्तिम सास सम्म लड्न आफु तयार रहेको बताउनुभयो ।

सञ्चार माध्यमका समाचार कै भरमा आफूलाई सहकारी प्रकरणमा जोड्नु उचित नभएको भन्नुहुँदै उपप्रधानमन्त्री लामिछानेले आफूलाई प्रधानमन्त्रीको अफर कायमै छ कि छैन भनेर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग प्रतिप्रश्न समेत गर्नुभयो ।

रासस / नेपाल टेलिभिजन


ताजा खबर