पाकिस्तानी प्रधानमन्त्रीको राजीनामा माग्दै इस्लामावादमा हजारौंको र्‍याली

पाकिस्तानमा इमरान खानको सरकारविरुद्ध प्रदर्शन भएको छ ।

इमरान सरकार विरुद्ध जमीयत उलेमा–ए–इस्लामीको राजनीतिक शाखा अन्सार अल इस्लामले आयोजना गरेको स्वतन्त्रता र्‍याली पाकिस्तानको राजधानी इस्लामावाद पुगेको छ ।

जमीयतका नेता मौलाना फजलुर रहमानको बलूचिस्तान र खैबर पख्नुनख्वामा प्रभाव रहेको छ । उनीहरुले इमरान खानको राजीनामा माग गर्दै पुन चुनावको माग गरेका छन् ।

मीयत–उल–इस्लाम पाकिस्तान(फुजलुर रहमान गुट) पाकिस्तानको एक विपक्षी पार्टी र पाकिस्तानको सबैभन्दा ठूलो धार्मिक गुट मध्ये एक हो ।

स्वतन्त्रता र्‍यालीको एक उदेश्य प्रधानमन्त्री इमरान खानको नीतिको विरोध गर्नु र उनलाई राजीनामा दिनका लागि बाध्य पार्नु रहेको बीबीसीले जनाएको छ ।

सरकारले जेयूआइसँग स्वतन्त्रता र्‍याली ननिकाल्नका लागि अपिल गरेको थियो । तर सरकारी अपिलले यो र्‍यालीमा कुनै प्रभाव पारेको छैन ।

जेयूआइलाई अरु विपक्षी पार्टी पीपीपी र मुस्लिम लीग(नवाज) ले समर्थन गरेका छन् । र्‍यालीमा हजारौं मानिस सहभागी भएका छन् ।

एजेन्सी


ताजा खबर