नेकपा सचिवालय बैठक आज बस्दै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिहीबार बिहान ११ बजे बस्ने भनिएकोमा अपरान्ह ३ बजेका लागि  सारिएको छ । बुुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएपछि बिहीबारका लागि बैठक निश्चित भएको हो ।

आज बस्ने सचिवालय बैठकको कार्यसूची बारेमा छलफल गर्न बुधबार अध्यक्षद्वयबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बतताउनुभयो । पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनउपर सचिवालयको बैठकमा छलफल हुनेछ ।


ताजा खबर