‘अमेरिकामा पनि प्लाज्मा थेरापीबाट उपचार शुरु गरिने’

कोभिड-१९ संक्रमितलाई संक्रमण जितेका व्यक्तिको शरीरबाट निकालिएका प्लाज्मा दिएर उपचार गर्ने सम्वन्धी व्यवस्था कार्यान्वयनका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुमति दिनुभएको छ ।

स्वास्थ्य सम्वन्धी आपतकालिन निर्णय घोषणा गर्नुहुँदै राष्ट्रपति ट्रम्पले अमेरिकामा प्लाज्माको प्रयोगबाट उपचार शुरु गर्न सकिने बताउनुभएको हो ।

राजनीतिक आडमा कोरोनाभाइरसको खोपको मानव परीक्षणलाई सुस्त बनाउन खोजेको भन्दै अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) को आलोचना भइरहेका बेला राष्ट्रपति ट्रम्पको नयाँ घोषणा आएको हो ।

अमेरिकास्थित एक अस्पतालमा प्लाज्मा थेरापिको तयारी

कोरोना जितेका व्यक्तिहरुको प्लाज्मा संक्रमितलाई दिएर रोग विरुद्धको प्रतिरक्षात्मक क्षमता बढाउने यो उपचार विधी कोरोना विरुद्धको उपचारमा प्रयोग भइरहेको भएपनि अझै यसकै प्रभावकारीता भने पुष्टि भएको छैन ।

त्यसैले अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्रयाट दलका उम्मेदवारको चुनावी प्रचारको अघिल्लो दिन नै पारेर भएको घोषणाले प्रचार अभियानलाई प्रभावित पार्न खोजिएको आरोप पनि केहीले लगाएका छन् ।

तर राष्ट्रपति ट्रम्पले भने उपचारको यो विधी नयाँ सुरुवात भएको प्रतिक्रिया दिनुभएको छ । अमेरिकामा विश्वमै धेरै ५८ लाख ७४ हजार भन्दा मानिसहरुलाई भाइरसको संक्रमण भइसकेको छ । यी मध्ये १ लाख ८० हजार जना भन्दा बढीको मृत्यु पनि भइसकेको छ ।

अमेरिका पछि बढी प्रभावित मुलुकहरुमा ब्राजिल र भारत छन् । यी मुलुकमा पनि ३० लाख बढी मानिसहरु संक्रमित भइसकेका छन् । पछिल्लो २४ घण्टामा भने भारतमा संक्रमितको संख्या केहि घटेको छ ।   -रोयटर्स


ताजा खबर