‘१२ वर्ष माथिका सबैले मास्क अनिवार्य लगाउँ’

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको महामारीबीच मास्क लगाउनेबारे नयाँ नियम सार्वजनिक गरेको छ ।

डब्लुएचओले १२ वर्षभन्दा माथिका सबैले वयस्कले जस्तै मास्क अनिवार्य रुपमा लगाउनुपर्ने नियम सार्वजनिक गरेको हो ।

डब्लुएचओले जुन जुन देशमा जुन नियम वयस्कका लागि बनाइएको छ, त्यो १२ वर्षभन्दा माथिका सबैलाई लागू गर्न आग्रह गरेको हो ।

डब्लुएचओले बच्चाले भाइरस फैलाउनेबारे हालसम्म सबै कुरा स्पष्ट भइनसकेको तर किशोर उमेरका सबैले वयस्कले जस्तै भाइरस फैलाइरहेको जनाएको छ ।

५ वर्षभन्दा कम उमेरका बच्चाहरुले मास्क लगाउन अनिवार्य नरहेको, ६ देखि ११ वर्षसम्मका बालबालिकालाई मास्क लगाउन र उतार्न परिवारले सहयोग गर्नुपर्ने डब्लुएचओले उल्लेख गरेको छ ।

यस्तै डब्लुएचओले ६० वर्षभन्दा कम उमेरका मानिसले कपडाको मास्क लगाउनुपर्ने र त्यसभन्दा माथिको उमेरका र बिरामीले ग्रस्त मानिसले भने मेडिकल मास्क अनिवार्य लगाउनुपर्ने जनाएको छ । –बीबीसी


ताजा खबर