आज गणेश चतुर्थी : भगवान गणेशको पूजा गरी मनाइँदै

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी गणेश चतुर्थी पर्व आज मनाइँदै छ ।

सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादीलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने चलन छ । तर यस वर्ष काठमाडौँ उपत्यकामा निषेधाज्ञाका कारण भक्तजनले पूजा आराधना गर्न सक्ने अवस्था छैन । यसैले घरमै गणेशको पूजा आराधना गर्नुपर्ने अवस्था छ ।

यसैबीच विगतमा हजारौ लड्डु चढाइने कमलादी गणेश पनि आज सुनसान छ । मन्दिर खुल्ला भएपनि दर्शनार्थीको उपस्थिति न्यून छ । मङ्गल चतुर्थीसमेत भनिने आजका दिनलाई नेवार समुदायले चथा पर्वका रूपमा मनाउँछन् ।


ताजा खबर