भदौ १६ बाट चार्टर्ड उडान पुनः सुरु गर्ने सरकारको निर्णय

सरकारले रियल टाईम पिसिआर परीक्षण सहज भएका मूलकबाट यही भदौ १६ गतेदेखि नियमित हवाई उडानको अनुमति दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्न सिंहदरवारमा विहिवार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता, अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले दैनिक ५ सय भन्दा बढी यात्रु नआउने गरी नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिने निर्णय भएको जानकारी दिनुभयो ।

नियमित उडान मार्फत नेपाल आउन चाहने यात्रुले जहाज चढ्नु अगाडि ७२ घण्टा भित्रको रियल टाईम पिसिआर परीक्षणमा कोरोना संक्रमण नभएको प्रमाण पत्र कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा अनलाईन मार्फत पेश गर्नुपर्ने र नेपाल आएपछि कम्तिमा ७ दिन तोकिएको होटलमा क्वारेन्टाईन बस्नुपर्ने मन्त्री डा खतिवडाले बताउनुभयो ।

बायुसेवा कम्पनीहरूले साउदी खरव, कुवेत, कतार लगायत रियल टाईम पिसिआर परीक्षण सहज नभएका मुलुकहरूबाट नियमित उठान गर्न पाउने छैनन् ।

नियमित उडानको अनुमति नभएका मूलुकबाट सम्बन्धित देशको नेपाली कूटनीतिक नियोगको सिफारिसमा उद्धार तथा चार्टर उडान मार्फत अत्यावश्यक अवस्थामा रहेका व्यक्तिहरूलाई नेपाल आउन अनुमति दिईने अर्थ मन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले बताउनुभयो । –रासस


ताजा खबर