तीजमा जीवन रक्षालाई महत्व दिन प्रधानमन्त्रीको अनुरोध

विगतमा जस्तो भेटघाट, नाचँगान, रमझम र उल्लासको अवस्था नभएकोले विज्ञहरुको सल्लाह र सरकारको निर्देशन अनुरुप नै सामाजिक व्यबहार गर्न प्रधानमन्त्रीको अनुरोध ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा आज एक सन्देशमार्फत् कोरोना महामारीले सिर्जना गरेको सीमाभित्र रहेर तीज मनाउन र आ–आफ्नो जीवन रक्षालाई उच्च महत्व दिन सबैमा विशेष अनुरोध गर्नुहुँदै शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज ट्वीट गर्नुहुँदै यस वर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिका बीच मनाउनु परेको उल्लेख गर्दै विगतमा जस्तो भेटघाट, नाचँगान, रमझम र उल्लासको अवस्था नभएकोले विज्ञहरुको सल्लाह र सरकारको निर्देशन अनुरुप नै सामाजिक व्यबहार गर्न अनुरोध गर्नुभएको छ ।


ताजा खबर