राष्ट्रकविलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण

राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

आज विहान घिमिरेकै निवासमा पुगेर पोखरेलले राष्ट्रिय झण्डा ओढाउनुभएको हो ।

घिमिरेलाई श्रद्धाञ्जली व्यक्त गर्न नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती काठमाडौ महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्य लगायतका ब्यक्तिहरु पनि पुग्नुभएको थियो ।

राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको कपुरधारास्थित आफ्नै घरमा निधन भएको थियो । आज पशुपति आर्यघाटमा उहाँको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । रासस


ताजा खबर