गरिमा विकास बैंककाे चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चौथो त्रैमाससम्ममा बैंकले ५३ करोड ९३ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा ९.२७ प्रतिशतले थाेरै हाे । गत वर्षकाे यसै अवधिसम्ममा बैंकले ५९ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

यसैगरी, चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ६२ करोड रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ । उक्त व्याज रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा २२ कराेड रूपैयाँले धेरै हाे । गत वर्षकाे यसै अवधि सम्ममा बैंकले १ अर्ब ४० करोड रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियाे ।

त्यसैगरी, चौथो त्रैमाससम्ममा बैंकले ७६ करोड २३ लाख २५ रूपैयाँ सञ्चालन मुनाफा गरेकाे छ । उक्त मुनाफा गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा ११.८३ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंककाे सञ्चालन मुनाफा ८६ करोड ४६ लाख २२ हजार रुपैयाँ रहेकाे थियाे ।

त्यस्तै, बैंककाे प्रतिशेयर आम्दानी १६ रुपैयाँ ६५ पैसा र प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ १५ पैसा रहेकाे छ । बैंककाे चुक्ता पूँजी ३ अर्ब २३ करोड ८६ लाख रुपैयाँ छ भने जगेडा कोषमा ७२ करोड ६ लाख रुपैयाँ रहेको छ ।

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :


ताजा खबर