कृषि विकास बैंकको नाफा ३ अर्ब ४६ करोड

कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ मा ३ अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले सोही अवधिमा  अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा ४ अर्ब १९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।  अघिल्लो बर्षको तुलनामा गत वर्ष आम्दानी घटेको छ ।

कृषि विकास बैंकले गत आर्थिक् वर्षमा एक अर्ब ६६ करोड रुपैयाँ वितरण योग्य मुनाफा कमाएको देखिन्छ । १४ अर्ब ९८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले ११.०८ प्रतिशत लाभांश दिन सक्छ । बैंकले निक्षेप संकलन र कर्जा लगानीमा भने व्यापक मात्रामा वृद्धि गरेको देखिन्छ । आव २०७५.६६ मा ११८ अर्ब निक्षेप संकलन गरेको बैंकले गत आवमा त्यसलाई बढाएर १४३ अर्ब पुर्याएको छ ।

त्यस्तै, कर्जा लगानी पनि १०८ अर्बबाट बढाएर १२३ अर्ब पुर्याएको छ । बैंकको खुद ब्याज आम्दानी भने ६ अर्ब २३ करोड रुपैयाँ छ । १४ अर्ब ९८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ३६ करोड रुपैयाँ रहेको छ ।

बैंकको स्प्रेड दर ४.४४ प्रतिशत, आधार ब्याजदर ९.२६ प्रतिशत, सीडी रेसियो ६६.३१ प्रतिशत, कस्ट अफ फण्ड ६.४० प्रतिशत रहेको छ । बैंकको खराब कर्जा पनि ३.२९ प्रतिशतबाट घटेर २.७१ प्रतिशतमा झरेको छ ।

प्रति शेयर आम्दानी ३२.८८ रुपैयाँ रहेको बैंकको प्रति शेयर खुद मूल्य २३७.५४ रुपैयाँ छ ।


ताजा खबर