भारतमा १ सय ९० जना सवार एअर इन्डिया एक्सप्रेसको विमान दूर्घटना : १७ जनाको मृत्यु (भिडियो सहित)

चालकदल सहित १ सय ९० जना सवार एअर इन्डिया एक्सप्रेसको विमान दक्षिण भारतीय राज्य केरलामा दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या कम्तीमा १७ पुगेको छ ।

ज्यान गुमाउनेमा एकजना पाइलट र एकजना फ्लाईट अफिसर रहेको एअर इन्डिया एक्सप्रेसले जनाएको छ । भारतीय उड्डयन अधिकारीहरूका अनुसार संयुक्त अरब एमिरेट्सको दुबईबाट  उडेको एअर इन्डियाको उक्त बोइङ ७३७ विमान क्यालिकट विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको बताइएको ।

ठूलो पानी परेकाले विमान धावनमार्गमा चिप्लिएको र  त्यसपछि बजारिएर दुई टुक्रा भएको समाचारमा जनाइएको छ । विमानमा कोरोनाभाइरसका कारण विदेशमा अलपत्र परेर उद्धार गरिएका भारतीय नागरिकहरू चढेका थिए ।

कैयौँ मानिस घाइते भएका र तीमध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विमान दुर्घटनाले आफूलाई दुःखित तुल्याएको बताउनुभएको छ । रोयटर्स

रोयटर्सले सम्प्रेषण गरेको भिडियोः


ताजा खबर