उपत्यकामा १०६ सहित आज ४६४ कोरोना संक्रमित थपिए

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएकाे पिसिआर परीक्षणका क्रममा नेपालमा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १०६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।  काठमाडौं जिल्लामा  ९२ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण पुष्टि भएको छ ।

यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिनुभयो।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २२ हजार २ सय १४ जना पुगेको छ।

शुक्रबार ४२५ जना उपचारपछि निकाे भइ डिस्चार्ज भएका छन्। नेपालमा हालसम्म १५ हजार ८ सय १४ जना उपचारपछि निको भएका छन्।

नेपालमा हालसम्म ७० जना संक्रमितको मृत्यु भएको छ।

नियमित पत्रकार सम्मेलनको भिडियो हेर्नुसः


ताजा खबर