देशभर ३ सय ६० थपिएसँगै कुल संक्रमित २१ हजार ७५०

कोरोना भाइरसका ३६०  जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल संक्रमितको सङ्ख्या २१ हजार ७५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे दैनिक प्रेस ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ६२२  जनाको स्वाब परीक्षण गरिएको छ । हाल नाै हजार  ४७० जना क्वारेन्टिनमा छन् ।

सक्रिय संक्रमित सङ्ख्या छ हजार २९६ रहेका छन् । संक्रमित भएर मृत्यु हुनेको सङ्ख्या  पुगेको छ ।

मन्त्रालयका प्रवक्ता  प्रा.डा. गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा २३३ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै हालसम्म १५ हजार ३८९ जना संक्रमित कोरोनामुक्त भइसकेका छन् ।

काठमाडाैं उपत्यकामा ८६ जना संक्रमित भएका छन् । काठमाडाैंमा मात्रै ८१ जना र ललितपुरमा चार र भक्तपुरमा एकजना रहेका छन् ।

मृत्यु संख्या ६५ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे दैनिक प्रेस ब्रिफिङको भिडियो हेर्नुस्ः


ताजा खबर