हिमालयन बैंकले सञ्चालनमा नआएका बैंक खाताहरु बन्द गर्ने

हिमालयन बैंकले निष्कृय खाताहरु बन्द गर्ने भएको छ । बैंकले ३ बर्षदेखि कुनैपनि कारोबार नभएको २०० रुपैयाँ भन्दा कम मौज्दात भएका बैंक खाताहरु बन्द गर्न लागेको बताएको छ ।

एक सुचना जारी गर्दै बैंकले त्यस्ता खाताहरु असोज ३० गतेभित्र सकृय गराउन आफ्ना ग्राहकहरुलाई आग्रह समेत गरेको छ । उक्त मिति भित्र यदि सकृय नगराएमा पूर्व सूचना नदिई उक्त खाताहरु बन्द गर्ने बैंकले जनाएको छ ।


ताजा खबर