कोरोना रोकथामबारे विज्ञसँग प्रधानमन्त्रीको परामर्श

कोरोना संक्रमण रोकथामबारे प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार जनस्वास्थ्य विज्ञसँग छलफल गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि चिकित्सक, नर्स, जनस्वास्थ्यविद्, स्वास्थ्य क्षेत्रका संघ संस्थाका प्रतिनिधिसँग प्रधानमन्त्रीले छलफल गर्ने कार्यक्रम रहेको छ । पछिल्लो एक महिनामा सोमबार सबैभन्दा बढी संक्रमित भेटिएपछि नयाँ रणनीति बनाउन विज्ञसँग छलफल गर्न लागिएको हो ।

सरकारले संक्रमित बढी भएका स्थानमा मात्रै लकडाउन गर्ने नीति लिएको छ । कतिपय चिकित्सकहरुले काठमाडौंमा कर्फ्युसहितको लकडाउन लगाउनुपर्ने सुझाव दिइरहेकाबेला प्रधानमन्त्रीले विज्ञसँग छलफल गर्न लाग्नुभएको हो ।


ताजा खबर