थप ३८० जनामा कोरोना संक्रमण : नेपालमा संक्रमितको संख्या ६५९१ पुग्यो

मंगलबार नेपालमा थप ३८० जनामा  कोरोना संक्रमण पुष्टि भएको छ ।स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कुल सं‌क्रमितको संख्या ६५९१  पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार आज थपिएका ३८० सहित नेपालमा संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा थप ११७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ११५८ पुगेको छ।

कुल संक्रमितमध्ये १९ जनाको मृत्यु भएको छ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ।


ताजा खबर