कोरोनाले तिन लाख बढीको मृत्यु : ४४ लाख सङ्क्रमित

मेरिल्याण्ड, जेठ २ गते। कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वमा मृत्यु हुने व्यक्तिको संख्या ३ लाख नाघेको छ । विश्वभरमा ४४ लाख २० हजार व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन्।

विश्वमा हालसम्म यस रोगबाट १५ लाख ८० व्यक्ति भने निको भएको छन् । विश्वमा ४४ लाख २६ हजार ९३७ कोरोना भाइरस संक्रमित रहेका र ३ लाख १३ हजार ३७० को भाइरस संक्रमणबाट मृत्यु भएको जोन हप्कीन्स विश्वविद्यालयको अद्यावधिक तथ्यांकमा खुलाइएको छ ।

कोरोना भाइरसको प्रकोप अमेरिकामा सबैभन्दा बढी देखिएको छ । अमेरिकामा बुधबारसम्म १४ लाख १३ हजार १२ जना कोभिड १९ को संक्रमित भएका छन् । यस संक्राणबाट भने ८५ हजार ५८१ जनाको ज्यान गएको विश्व स्वास्थ्य संगठन (डूब्लुएचओ)का आपतकालीन विभागका प्रमुख डा।माइक रायनले बताउनु भएको छ ।


ताजा खबर