लकडाउनमा आर्थिक राहत : सिए दिपेन्द्र पोख्रेल

कोभिड १९ को बिश्वब्यापी प्रकोप संगै नेपालमा संक्रमण फैलिन नदिन घोषणा गरिएको लकडाउनका कारण श्रमिक तथा निम्न बर्गका व्यक्तिहरुको दैनिक जिबन यापनमा परेको प्रभाबका कारण दैनिक जिबनमा पर्न सक्ने असहजता लाई सहज बनाउन तथा उद्योग ब्यबसाय संरक्षण गर्नका लागि भन्दै २०७६ चैत्र १६ गतेको मन्त्रिपरिषद ले निर्णय गरे बमोजिम केहि राहत कार्यक्रम हरु घोषणा गरेको छ। सो घोषणामा अन्तर्नि्हित सर्बसाधारण संग सम्बन्धित मुख्य राहत योजनाहरुको संक्षिप्त रुप यस्तो रहेको छ।

आधारभूत खाध्य व्यवस्था
दैनिक ज्यालादारी गरि जीविकोपार्जन गर्ने जनताका लागि स्थानीय सरकारको सिफारिस तथा लगत बमोजिम खाद्यान्न को व्यवस्था गरिएको छ ।सो को लागि गर्भवती, बृधाश्रममा बस्ने बृद्ध बृद्धा तथा टुहुरा बालबालिका तथा अपांगता भयका ब्यक्ति हरुलाई प्राथमिकता दिइनेछ। भने खाद्य ब्यबस्था तथा व्यापार कम्पनि लिमिटेड तथा साल्ट ट्रेडिग कर्पोरेसन ले अति आबस्यक खाद्य बस्तुहरु साबिक दरमा १० प्रतिसत छुट गरि बिक्रि गर्ने छन्।

तलब व्यवस्था
औपचारिक क्षेत्रमा काम गर्ने कामदारका लागि रोजगारदाताले नै तलब उपलब्ध गराउने, बन्द रहेका पर्यटन उद्योगले समेत चैत्र महिना को तलब उपलब्ध गराउने तथा सो को लागी कर्मचारी कल्याण कोषको रकम प्रयोग गर्न सक्ने गरि व्यवस्था गरिएको छ ।

सामाजिक सुरक्षा कोष
सामाजिक सुरक्षा कोषमा दर्ता रहेका प्रतिष्ठानका कामदार हरुको चैत्र महिनामा जम्मा गर्नु पर्ने सामाजिक सुरक्षा बापत को रकम नेपाल सरकारले सामाजिक सुरक्षा कोषमा जम्मा गर्ने छ ।

बिल भुक्तानी
नेपाल टेलिकमले इन्टरनेट सेवा सुल्कामा २५ प्रतिसत छुट दिने छ भने नेपाल बिद्धुत प्राधिकरण ले समेत १५० युनिट सम्म बिधुत खपत गर्ने ग्राहकहरु लाई २५ प्रतिसत छुट दिने छ। बिधुत तथा टेलिफोन सेवा को २०७६ फाल्गुन तथा चैत्र महिनाको बिल २०७७ बैसाख मसान्त सम्म बुझाउन सकिने छ।

ऋण सम्बन्धमा
कर्मचारी संचय कोष तथा नागरिक लगानी कोष बाट लिएको ऋण को सावा ब्याजको भुक्तानी २०७७ बैसाख सम्म गर्न सकिने छ ।२०७६ चैत्र महिना मा बुझाउनु पर्ने ऋण को सावा तथा ब्याजको भुक्तानी २०७७ असार मसान्त सम्म गर्न सकिने छ । त्यसै गरि २०७६ चैत्र महिनाको ऋणको ब्याज मा १० प्रतिसत छुट उपलब्ध हुने भएको छ ।

बिमाको व्यवस्था
कोविड १९ को रोकथाम तथा उपचारमा खटिएका व्यक्ति हरुका लागि नेपाल सरकारले रु २५ लाख बराबरको बिमा।क्षतिपूर्तिको व्यवस्था गरिदिएको छ भने बिमित को लिखित निवेदनका आधार मा बिमालेख नबिकरण गर्न सकिने व्यवस्था समेत गरिएको छ त्यस्तै जिबन बिमाको प्रिमिएम भुक्तानी को अबधि २०७७ बैसाख मसान्त सम्म बढ्ने छ साथै सो मा ब्याज लाग्ने छैन।

कर
स्रोतमा कर कट्टी , करको किस्ता,अन्तशुल्क, भ्याट फिर्ताको निबेदन दिने समय २०७७ बैसाख २५ गते सम्मको लागि थपिएको छ भने कोभिड १९ को लागि सरकारी कोषमा गरेको सहयोग रकम आ ब २०७६।७७ को करयोग्य आम्दानी बाट घटाउन पाइने गरि सहुलिएत घोषणा भएको छ ।

अन्य
सवारी चालक अनुमति पत्र तथा सवारी दर्ता नबिकरण को लागि समेत २०७७ बैसाख मसान्त सम्म समयसिमा बढेको छ त्यसै गरि निजि तथा साझेदारी ब्यबसाय नबिकरण को म्याद समेत २०७७ बैसाख मसान्त सम्म थपिएको छ साथै कम्पनि रजिस्ट्रार कार्यालयमा बुझाउनु पर्ने कागजपत्र बुझाउन २०७७ बैसाख मसान्त सम्मको समय उपलब्ध भएको छ, निजि स्कुलहरुले माध्यमिक तह सम्म एक महिना को स्कुल फि छुट गर्नु पर्ने छ।अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य आय स्रोत नभएका भाडा मा बस्ने हरुका लागि एक महिना को भाडा छुट गरिदिन नेपाल सरकारले अनुरोध गरेको छ।

स्रोत नेपाल सरकार अर्थ मन्त्रालयको सूचना

सिए पोख्रेल काठमाडौंको चावहिलस्थित  ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रशासन तथा बित्त निर्देशक हुन् । 

ताजा खबर