सङ्घीय संसद्को चालू अधिवेशन अन्त्य

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुुवै सदनको चालू अधिवेशन आज राति १२ः०० बजेदेखि अन्त्य गर्नुभएको छ ।

नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले दुवै सदनको चालू पाँचौँ अधिवेशन अन्त्य गर्नुभएको सङ्घीय संसद् सचिवालयले सूचनापत्रमार्फत जानकारी दिएको छ ।

चालू अधिवेशन स्वत : अन्त्य भएकाले यही चैत २१ गते सूचना प्रकाशन गरी स्थगित प्रतिनिधिसभा र यही चैत ७ गते स्थगित राष्ट्रियसभाको बैठकसमेत अन्त्य भएको सङ्घीय संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीद्वारा आज जारी सूचनापत्रमा उल्लेख छ ।

रासस


ताजा खबर