त्रिवि शिक्षण अस्पतालमा नेपालमै पहिलो स्याम्प्लिङ बुथ राखियो

त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा नेपालमै पहिलो पटक स्याम्प्लिङ बुथ स्थापना गरिएको छ। सो बुथ अस्पतालको आइसोलेशन वार्डको बाहिर  स्थापन गरिएको हो।

(कोभिड-१९) कोरानो भाइरसका शंकास्पद संक्रमितको परीक्षणमा सहजता हुनुका साथै संक्रमितको घाँंटीबाट नमुना संकलनमा र्‍याल निकाल्ने क्रममा स्वास्थ्यकर्मीलाई कोडिभ-१९ सर्नबाट जोगाउनकालागि बुथ उपयोगी हुने जनाइएको छ ।

स्वास्थ्यकर्मी बुथभित्र बसेर शंकास्पद संक्रमितको घाँंटीबाट र्‍यालको नमुना संकलन गर्दा रोग सर्ने सम्भावना शुन्य हुने भएकाले बिकसित देसहरुले बुथलाई सुरक्षित रूपमा प्रयोग गर्दै आएका छन् ।

घाँंटीबाट र्‍यालको नमुना संकलनगर्दा स्वास्थ्यकर्मी बुथभित्र बसेर र शंकास्पद संक्रमित बुथको बाहिर बस्ने हुनाले प्रत्यक्ष सम्पर्कको सम्भाना कम हुने तथा यसमा स्वास्थ्यकर्मी केहि माथि उभिन सक्नेगरी तथा स्वास्थ्यकर्मीको हात शंकास्पद संक्रमितको मुखको उचाइमा सिधा रहनेगरी व्यवस्था मिलाइएको हुनालेपनि संक्रमणको सम्भावना रहदैन ।

स्याम्प्लिङ बुथमा नमुना संकलन गर्ने तरिका बारे जानकारी गराउनुहुँदै त्रिबि शिक्षण अस्पतालका आइसीयू बिभाग प्रमुख प्रा.डा. सुबास प्रसाद आचार्य ।

अमेरिका नेपाल मेडिकल फाउण्डेशनको सहयोगमा डा.महाविर पुन अध्यक्ष रहेको राष्ट्रिय आविष्कार केन्द्रको मोडेलमा तयार पारिएको बुथ काठमाडौं बिल्डर्स प्रा.लि.ले निर्माण गरेको समाचारमा जनाइएको छ ।

नेपालमै पहिलो पटक शिक्षण अस्पतालमा यो बुथ राखिएको जानकारी गराउदै अमेरिका नेपाल मेडिकल फाउण्डेशनका डा.अरुण कुँवरले यस्ता बुथ काठमाडौंको वीर लगायतका कोभिड-१९ को परीक्षण हुने मुख्यमुख्य अस्पतालहरुमा राखिने जानकारी गराएका छन् ।

सोमबार एक कार्यक्रमबीच इन्जिनियर कृष्णभक्त दुवालले अस्पताललाई यो बुथ हस्तान्तरण गरेका छन्। आफ्नो सम्बोधनका क्रममा उनले बुथ निर्माणमा सहयोग गर्ने राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डा.महाबीर पुन अमेरिका नेपाल मेडिकल फाउण्डेशनका डा.अरुण कुँवर,डा.शंकर ढकाल, इन्जिनियर हरेराम हुमागाई, इन्जिनियर विमलराज गोसाई र सिदार्थविक्रम पाण्डेलगायतलाई विशेष धन्यावद व्यक्तगर्दै उनले बुथको प्रयोगले कोरोना भाइरस (कोभिड-१९)को उपचारमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सफल नेपाल

 


ताजा खबर