नेपाली काङ्ग्रेस लालबन्दी नगर समितिद्वारा सरकारका कामको स्वागत

विश्वमा भयावह रूपमा  फैलिरहेको  कोभिड-१९ (कोरोनो भाइरस) को महामारीको सामना गर्न नेपाल सरकारले अघिसारेका  सम्पूर्ण गतिविधिहरूको नेपाली काङ्ग्रेस लालबन्दी नगर समिति उच्च सम्मान गर्दै जनस्वास्थ्यकालागि  नेपाल सरकारले गरेका निर्णयहरुको समेत स्वागत गरेको छ ।
नेपाली काङ्ग्रेस लालबन्दी नगर सभापति प्रशान्त आचार्यले  बिज्ञप्ति जारी गरी सरकारका कामको स्वागत गर्नुभएको हो । बिज्ञप्तिमा लालबन्दी नगरभित्रका सम्पूर्ण नगरवासीहरूलाई यस विषम  घडिमा धैर्यधारण गर्न तथा नेपाल सरकार,प्रदेश सरकार र स्थानीय सरकारले कोभिड-१९ (कोरोना भाइरस) सँग जुध्न लिएका नीति एवम् गतिविधिको पूर्ण रूपमा पालना गर्न हार्दिक अपिल समेत गर्नुभएको छ ।
लालबन्दी नगरपलिकामा बसोबास गर्ने श्रमजीवी,मजदूर,दैनिक ज्यालादारी गर्ने कामदारहरूप्रति यस विषम परिस्थितिमा दैनिक जीवनयापन गर्न अत्यन्त कठिन भएकाले उनीहरुलाई समेत लक्षित गरी बिशेष राहतका कार्यक्रम तत्काल ल्याउन सरकारको ध्यानाकर्षण नेपाली काङ्ग्रेस नगर समिति लालबन्दीले गरेको छ।
त्यसैगरी सङ्कटको परिस्थितिलाई सहजीकरण गर्न लालबन्दी नगरपालिकाले पनि समयमै ठोस कदम चाली प्रामिकताका बिषयहरुमा ध्यान दिन आवश्यक रहेकाले नेपाली काङ्ग्रेस नगर समिति लालबन्दी यसतर्फ पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
कोरोना महामारीको यस भयावह स्थितिलाई नियन्त्रणमा राख्न अहोरात्र खट्ने सम्पूर्ण स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरू र सूचनाका लागि अहोरात्र खट्ने पत्रकारहरुमा पनि नेपाली काङ्ग्रेस नगर समिति लालबन्दीले उच्च सम्मान गरेको छ।
प्रशान्त आचार्य
नगर सभापति
नेपाली काङ्ग्रेस नगर समिति लालबन्दी,सर्लाही

ताजा खबर