नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राद्वारा राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।

राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि गणतन्त्र भारतका आवासीय राजदूत क्वात्रा ले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो ।

त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।

क्वात्रा नेपालका लागि २५औं राजदूत हुनुहुन्छ । डिसेम्बर २०१९ मा पूर्वराजदूत मञ्जीव सिंह पुरीको कार्यकाल पूरा भएपछि उहाँ नयाँ राजदूतको रुपमा नियुक्त हुनुभएको हो ।

 


ताजा खबर