ॐ हस्पिटलमा उत्साहपूर्वक विश्व नर्सिङ दिवस मनाइयो

आज १२ मे विश्वभर अन्तर्राष्ट्रिय नर्स दिवस मनाइएको छ । विश्व नर्स दिवसको यस बर्षको नारा ‘आवर नर्सेस आवर फ्युचर, द इकोनोमिक पावर अफ केयर’ रहेको छ ।

May be an image of 2 people and text

यसै सन्दर्भमा काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. मा पनि बिबिध कार्यक्रम गरी यो दिवस मनाइएको छ ।

May be an image of 1 person, dais and text

May be an image of 7 people, people studying and hospital

दिवसको अवसरमा ॐ हस्पिटलको नर्सिङ विभागको तर्फबाट विशेष कार्यक्रम समेत आयोजना गरिएको थियो ।

कार्यक्रममा नर्स दिवसको महत्व र नर्सहरुको जिम्मेवारी बारे जानकारीमूलक प्रस्तुतिहरुसँगै नर्स दिवसको शुभकामना आदानप्रदान गरिएको थियो ।

May be an image of 5 people, people smiling and hospital

त्यसैगरी नर्सिङ बिभाग अन्तर्गत बिभिन्न वार्डमा कार्यरत नर्सिङ स्टाफहरुका तर्फबाट बक्तृत्वकला , हाजिरी जवाफ , नाटक लगायतका बिबिध मनोञ्जनात्मक कार्यक्रमहरुपनि प्रस्तुत गरिएको थियो ।

May be an image of 5 people, hospital and text

हाजिरी जवाफ प्रतियोगितामा फ्लोरेन्स सदन (समूह ए) ले प्रथम, मदर टेरेसा सदन (समूह डि) ले द्वितिय, न्यूम्यान्स सदन (समूह बि) ले तृतिय र हेन्डर्सन सदन (समूह सी) ले चौथो स्थान हाँसिल गरेका थिए ।

May be an image of 6 people, people smiling, hospital and text

त्यसैगरी आवर नर्सेस आवर फ्युचर, द इकोनोमिक पावर अफ केयर शिर्षकमा आयोजित बक्तृत्वकला प्रतियोगितामा आइसियु विभागबाट सहभागि हुनुभएकी नर्स श्रीयास्मा रेग्मीले प्रथम स्थान हाँसिल गर्नुभएको थियो । आइसियु विभागबाट नै सहभागि हुनुभएकी अर्की नर्स दिक्षा श्रेष्ठले द्वितिय स्थान हाँसिल गर्नुभएको थियो भने एनआइसियु विभागवाट सहभागिता जनाउनु भएकी दीपा तिमल्सिनाले तृतिय स्थान हाँसिल गर्नुभएको थियो ।

May be an image of 4 people, people smiling, hospital and text

त्यसैगरी, विरामीको सेवामा अहोरात्र खट्ने नर्सहरुको कथाव्यथा सहितको विशेष नाटकको सुत्राधार आइ.सि.यु.की नर्सिङ इन्चार्ज सविना ढकाल हुनुहुन्थ्यो । उहाँलाई अभिनय गरेर आइसियुका नर्सहरु सुस्मिता लुइटेल, विष्णु तामाङ, सोनी दनुवार, डिलक्स वार्डकी नर्स निलम चन्द, मेडिकल टु की नर्स प्रियङ्का घिमिरे र पोष्ट अपरेटिभ वार्डकी नर्स नन्दिताले साथ दिनुभएको थियो ।

May be an image of 1 person and hospital

इन्फेक्सन कन्ट्रोल नर्स इच्छा थापाले छायाङ्कन गर्नुभएको नाटकमा स्टाफ अभावमा नर्सिङ ड्युटि मिलाउन समाना गर्नुपर्ने चुनौतीहरु, विरामी विरामीका आफन्त तथा नर्सको सम्वन्ध र उपचारपछिको खुशी, उपचारमा प्रयोग गरिएका गाउन पि.पि.ई. लगायतका सामग्रीको उचित व्यवस्थापनबारे यथार्थपरक जानकारी समेटिएको थियो ।

May be an image of 12 people, dais, hospital and text

May be an image of 5 people and text

ॐ हस्पिटल संचालक समितिका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सभापतित्व नर्सिङ डाइरेक्टर उमा श्रेष्ठले गर्नु भएको थियो ।

May be an image of 1 person, smiling and text

May be an image of 1 person, smiling, dais and text

May be an image of 1 person, dais and text

May be an image of 1 person, dais and text

May be an image of 1 person, dais and text

May be an image of 1 person, dais and text

कार्यक्रममा हस्पिटलका संचालकहरु डा. हरी किशोर श्रेष्ठ र डा. रिता सिंह, हस्पिटलका मेडिकल डाइरेक्टर डा. हरिश जोशी, प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत, ॐ हस्पिटल कर्मचारी युनियनका अध्यक्ष केशव चौलागाँई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

May be an image of 2 people, people smiling, dais, hospital and text

May be an image of 1 person, dais, hospital and text

हाउस किपिङ अफिसर ज्वाला सुवेदी र इन्फेक्सन कन्ट्रोल नर्स इच्छा थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा एन. आई. सि. यु. की नर्सिङ इन्चार्ज रानु शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न प्रतियोगितामा सहभागि भई विजेता हुनुभएका नर्सहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।

May be an image of 4 people, people smiling, dais, hospital and text

विश्वमा नर्सिङ सेवाको सुरुवात गर्ने ‘लेडि वीथ द ल्याम्प’ फ्लोरेन्स नाइटिंगेलको जन्मतिथि १२ मे लाई संसारभर विश्व नर्स डेको रुपमा मनाउन थालिएको हो । ॐ हस्पटलले पनि आफ्नो स्थापना कालदेखी नै नियमित रुपमा यो दिवस मनाउँदै आएको छ ।

May be an image of 5 people and text

May be an image of 6 people, people studying, hospital and text

May be an image of 1 person

फ्लोरेन्स नाइटिङ्गेलले सन् १९१० अगष्ट १३ मा केन्यामा भइरहेको युद्धका बेला तयार पारिएको पहिलो नर्सहरुको टोलीलाई सपथ ग्रहण गराएकी थिईन् ।  सफल नेपाल


ताजा खबर