कामीरिता शेर्पाद्वारा सगरमाथाको २९औं सफल आरोहण

कामीरिताले आइतबार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको चुचुरो टेटेका हुन्।

आरोही कामीरिता शेर्पाले २९औं पटक सगरमाथाको सफल आरोहण गरेका छन्।

उनी २९औं पटक सगरमाथा चढ्ने एक्ला व्यक्ति हुन्। यसअघि पनि यो कीर्तिमान उनकै नाममा थियो।

कामीरिताले आइतबार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको चुचुरो टेटेका हुन्।

सोलुखुम्बुको थामेका कामीरिताले सन् १९९२ देखि हिमाल आरोहण सुरु गरेका थिए। उनले ८ हजार मिटर अग्ला केटू, चोयु, ल्होत्से, मनास्लुको पनि सफल आरोहण गरिसकेका छन्।  रासस


ताजा खबर