नेपालले विश्वकप तयारीका लागि सात खेल खेल्ने

जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसिसी टी–२० विश्वकप अघि नेपालले तयारीका लागि सात खेल खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार नेपालले तीन सातामा सात खेल खेल्नेछ ।

विश्वकत तयारीका लागि हाल फ्लोरिडामा रहेको नेपाली टोलीले आइतबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टतर्फ प्रस्थान गर्नेछ ।  नेपालले विश्वकपको समूह चरणको पछिल्लो दुई खेल सेन्ट भिन्सेन्टमा खेल्नेछ ।

सेन्ट भिन्सेन्टमा नेपालले तराीका लागि सेन्ट भिन्सेन्ट एन्ड विन्डवार्डको मिक्स टोलीसँग मे १४, १६ र १८ तारिख तीन खेल खेल्ने क्यानले जनाएको छ । त्यसपछि नेपाली टोली अमेरिकाको ह्युस्टन प्रस्थान गर्नेछ ।

नेपालले त्यसपछि प्रेरी भ्यु क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेनसँग मे २२ र २३ मा अभ्यास खेल खेल्ने तय भएको छ । त्यसपछिअ नेपाली टोली डालास प्रस्थान गर्नेछ । डालासमा  ग्रान्ड प्रेरि मैदानमा आइसिसीले नै तय गरेको दुई वटा विश्वकपको ‘वार्म अप’ खेल्ने छ ।


ताजा खबर