राष्ट्रियसभाका नयाँ १८ सदस्यको पद तथा गोपनीयताको सपथ

संघीय संसद, राष्ट्रियसभामा छ बर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ जना सदस्ययले आज पद तथा गोपनीयताको सपथ लिनुभएकोछ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको सपथ खुवाउनुभयो ।

सपथ लिनेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६ र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का २ सदस्य हुनुहुन्छ ।


सपथ लिनु हुनेमा इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अच्छामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिह, मृगेन्द्रकुमार सिह यादव, गंगाकुमारी बेल्बासे र वेदुराम भूषाल हुनुहुन्छ ।

नव निर्वाचित सदस्यहरु भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा विसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँरले पनि आजै सपथ लिनुभएको छ ।

समारोहमा अध्यक्ष तिमिल्सिनाले नयाँ सदस्यलाई साँसदको लोगो लगाइदिनुका साथै बधाई ज्ञापन समेत गर्नुभयो ।

यसैबीच, सो अवसरमा सघीय संसद सचिवालयले उहाँहरुलाई संविधान र कानूनसहितको झोला उपलब्ध गराएको थियो ।

राष्ट्रियसभा सदस्यका लागि गत माघ नौ गते निर्वाचन भएको निर्वाचनबाट ७ महिला, २ दलित, २ अपाङगता भएका वा अल्पसंख्यक र ७ जना अन्य समूहबाट निर्वाचित हुनुभएको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक एक सदस्यको भने मनोनित गर्न बाँकी नै रहेको छ ।

पहिलो पटक गोला प्रथाद्वारा दुई बर्षेकार्यकाल प्राप्त गर्नुभएका १८ सदस्यको हिजो विदाई गरिएको थियो ।स्थायी सदनका रुपमा रहेको सघीय संसद, राष्ट्रियसभा ५९ सदस्यी रहने सवैधानिक व्यवस्था रहेको छ ।

सपथग्रहण समारोहमा राष्ट्रियसभाका उपाध्यक्ष, राष्ट्रियसभामा संसदीय दलका नेता, मुख्य सचेतक, सचेतक, सदस्य, भरर्खरै कार्यकाल समाप्त गरेको पूर्व साँसदहरु र नव निर्वाचित सदस्यका आफन्तजनको सहभागीता रहेको थियो । रासस


ताजा खबर