काँग्रेस बैठक आज : रामचन्द्र पौडेलसहितका असन्तुष्ट नेताहरू सहभागी हुँदै

नेपाली काँग्रेसको सोमबार बस्ने तय भएको केन्द्रीय कार्यसमितिको बैठकमा असन्तुष्ट पक्षको नेतृत्व गर्दै आउनुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरू सहभागी हुनुहुने भएको छ ।

पार्टीको १४औँ महाधिवेशनको मिति तय गर्ने, विभाग गठन गर्ने, विधान निलम्बन गर्ने, भ्रातृ सङ्गठनको अवधि थप र नेतृत्व चयनका विषयमा संस्थापन पक्षसँग मतभिन्नता बढेपछि मङ्सिर २६ गतेको कार्यसमिति बैठक पौडेलले बहिष्कार गर्दै
आउनुभएको थियो ।

वरिष्ठ नेता पौडेलले सहमतिलाई कार्यान्वयन गर्नका लागि गृहकार्य भइरहेको छ, नमिलेका विषयमा बैठकमै छलफल गर्ने जानकारी दिनुभयो ।

शुक्रबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकमा सहमति खाका तयार भएपछि त्यसलाई लिपिबद्ध गर्न महामन्त्रीद्वय डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यद्वय डा. मीनेन्द्र रिजाल र रमेश लेखक दुई दिनयता व्यस्त हुनुहुन्छ । – रासस


ताजा खबर