एमसिसिको बिषयमा तथ्यमा आधारित भएर मात्र आम धारण बनाउनुपर्छ : रवीन्द्र मिश्र

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले एमसिसिको बिषयमा हामी आँफूआँफै विद्धान भएको टिप्पणी गर्नु भएको छ । झापाको धुलावारीमा आज आयोजित पत्रकार भेटघाटमा कुरा गर्दै मिश्रले एमसिसिमको बिषयमा सतही अध्यययनकै आधारमा अनावश्यक टिप्पणीहरु बाहिरिएको बताउनु भयो ।सम्बन्धित क्षेत्रका बिज्ञ र सरोकारवालाहरुको बिस्तृत अध्ययनबाट बाहिर आउने तथ्यमा आधारित भएर मात्र आम धारण बनाउन र टिप्पणी गर्न सबैलाई आग्रह गर्नु भयो । वहाँले एमसिसिमा रहेका केही अस्पष्ट बुँदाहरुलाई सच्याएर अघि बढ्नु पर्ने र अनुमोदन गर्नु पर्ने धारणा राख्नु भयो ।

बिदेशी मुलुकहरुले गर्ने हरेक सहयोगलाई हामीले शंकाको दृष्टीकोणले मात्र हेर्ने हो भने देशको विकासमा नेपाल पछि पर्नेमा मिश्रले जोडदिनु भयो । कतिपय बिषयहरु अफवाहको रुपमा बाहिर आएको हुँदा त्यस्ता बिषयमा हामीले अपुष्ट दस्तावेज र हल्लाको पछि लागेर धारणा बनाउनु हुँदैन् मिश्रले भन्नु भयो “ केही बुदाँहरु संशोधन गर्नुपर्छ र एमसिसिको बिषयमा भएको अन्यौललाई स्पष्ट गर्नुपर्छ ” ।

पछिल्लो परिवेशमा अमेरिकी कुटनैतिक नीति र अन्तराष्ट्रिय रणनीतिको बिषयमा आम मानिसमा शंका उब्जिएको हुन सक्ने भन्दै पत्रकारले उठाएको प्रश्नमा मिश्रले भन्नु भयो “ प्राप्त अनुदानलाई नेपालले गुमाउन हुँदैन्, शंकाको भरमा बिदेशी अनुदानलाई अस्वीकार गर्दै जाने हो भने हामी धेरै पछि पर्नेछौं समयले हामीलाई पछाडि धकेल्ने छ ”।

धुलावारी जेसिजको कार्यक्रममा सहभागी हुन झापा आएका मिश्रले पत्रकारहरु संगको कुराकानीमा देश पछि पर्नु र आम सर्वसाधारणले दुःख पाउनुमा शिक्षित पेशाकर्मी र सचेत समुदाय नै मुलदोषी भएको टिप्पणी गर्नुभयो । यदि शिक्षित समुदायनै भ्रष्ट नभई दिएको भए देशमा भ्रष्टचारले स्थान पाउने थिएन । देशका आम जनताले परिवर्तन र विकासको आभास गर्न नपाउनुमा तिनै शिक्षित समुदायको दोष छ ।

देशमा भएका कुसंस्कार र विकासमा देखिएको गतिरोध हटाउँदै मुलुकलाई समृद्धितर्फ लैजान राजनीतिक रपान्तरण नै मुख्य आधार भएकाले आँफु राजनीतिको नयाँ धारबाट अघि बढ्ने सोचका साथ पत्रकारीता छोडेर राजनीतिमा आएको मिश्रले बताउनु भयो ।
देशमा शासन ब्यवस्थाको परिवर्तन भए पनि तात्विक भिन्नता नआएको बताउदै मिश्रले भन्नु भयो “आम जनताले महशुस गर्नेगरी काम गर्ने सोचका साथ साझा पार्टीको स्थापना गरिएको हो ” । नेपालमा लामो समय देखी शासन र सत्ताको बागडोर चलाउँदै आएका पुराना राजनीतिक पार्टीको सोचबाट देशले गति लिन नसक्ने र वास्तबिक रुपमा पिडा र दुःख झेलिरहेका आम जनताको मर्म अनुसार आफुहरुले काम गर्ने दाबी गर्दै सबै जनताले आफुहरुलाई साथदिनु पर्नेमा वहाँले जोडदिनु भयो ।
साझा पार्टीको अबको राजनीतिक एजेण्डाको बिषयमा पत्रकारले राखेको जिज्ञासामा मिश्रले संगठनको सुदृढीकरण आवश्यक रहेको भन्दै आम नेपाली जनताको घरघरमा साझा पार्टीको धारणा र देशको समृद्धिलागि आफूहरुले अघिसारेको सोच र सिद्धान्तको बिषयमा जानकारी दिन जरुरी रहेको बताउनु भयो ।

पत्रकारिता क्षेत्रमा लामो समय बिताएर प्रशंसा बटुल्नु भएको तपाईं पछिल्लो समयमा क्रेज घटेको महशुस गर्नु भएको छैन् भन्ने अर्को प्रश्नमा मिश्रले भन्नु भयो “मलाई राजनीतिमा आएर रत्तीभर अफसोच छैन् बरु अब मैले बाँकी जीवन बिताउदै गर्दा गर्वको महशुस हुनेछ की मैले देशको विकासमा केहि गर्न सकिन भने पनि आफ्नो स्थानबाट सक्दो प्रयास गरेमा यस्मै म सन्तुष्ट बन्नेछु” ।
पत्रकारिता क्षेत्रमा राजनीतिको गन्ध मिसिन नहुनेमा वहाँले जोड दिनु भयो । “ तपाईं पत्रकारहरुमा समेत कुनैनकुनै पार्टीप्रती आस्था हुन सकछ त्यो स्वभाविक छ” मिश्रले भन्नु भयो तर काम गर्नै सवालमा वा पत्रकारिता पेशामा त्यस्को प्रभाव देखिनु हुन्न । पत्रकारिता स्वतन्त्र रहन अत्यन्त आवश्यक रहेको बताउँदै मिश्रले निरन्तरको अध्ययन र जीवन पर्यत्न सिकाईलाई आत्मसाथ गर्न वहाँले पत्रकारहरुलाई बिशेष आग्रह गर्नु भयो । -रासस


ताजा खबर