समाजवादी पार्टीले सरकार छाड्यो,दुवै मन्त्रीले दिए राजीनामा

समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ । कानुनमन्त्री उपेन्द्र यादव र सहरी विकास मन्त्री इस्तियाक राइले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष मंगलबार राजीनामा बुझाएका छन् ।

उपप्रधान तगा कानुनमन्त्री उपेन्द्र यादवले नैतिक रूपमा सरकारमा बस्ने औचित्य सकिएकाले सरकारबाट फिर्ता भएको बताएका छन् ।

काठमाडौंमा उपलब्ध नेताहरूको बैठक पछि उपेन्द्र यादवले प्रधानमन्त्रीले संविधान संशोधनमा चासो नदेखाएको मन्त्रिपरिषद्मा लगेको प्रस्ताव पनि अस्वीकृत भएपछि सरकारका बसिरहनुको औचित्य नरहेको बताएका हुन् ।

“संविधान संशोधन  गर्न र जनताबाट उठेका आवाज सम्बोधन गर्ने सर्त र सम्झौताका आधारमा हामी सरकारका सहभागी भएका थियौं । सरकारमा सहभागी भएको ६–७ महिनामा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पनि गराएका हौं तर कारवाही भएन,” उनले सरकारबाट फिर्ता हुनुको कारण बताए ।

उनले सोमबारको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनका लागि विज्ञ सम्मिलित कार्यदलको प्रस्ताव गरेको तर प्रधानमन्त्रीले अस्वीकार गरेको जानकारी दिए ।

उनले विज्ञहरूले प्रस्ताव तयार पार्ने र राजनीतिक दलहरूबीच छलफल गरेर संविधान संशोधन गर्नेगरी प्रस्ताव तयार पारिएको भए पनि प्रधानमन्त्रीले अस्वीकार गरेको जानकारी दिए ।


ताजा खबर