पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफलाई मुत्युदण्डको सजाय

पाकिस्तानको लाहोर हाइकोर्टले पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुर्शरफलाई मृत्युदण्डको सजाय सुनाएको छ । न्यायाधीश वकर अह्मद सेठ नेतृत्तवको तीन न्यायाधीशको वेञ्चले मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाएको हो । मुशर्रफ भने हाल उपचारका लागि दुबईमा छन् । उनलाई छानबिन आयोगले भिडियो जारी अनुसन्धानका लागि उपस्थित हुन् आग्रह समेत गरेको थियो ।

मुशर्रफले सन् २००७ मा संविधान खारेज र संकटकाल लागु गरेका थिए । राज्यद्रोहको अभियोगमा सन् २०१४ मार्च ३१ मा मुशर्रफलाई इस्लामावादको विशेष अदालतले मुद्दा चलाएको थियो ।

बीबीसी


ताजा खबर