प्रधानमन्त्री दाहाल र सिपिसी सचिव वाङबीच भेटवार्ता

चीनको औपचारिक भ्रमणको क्रममा ल्हासा भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालसँग चीनको स्वशाशित क्षेत्र तिब्बतका सिपिसी कमिटीका पार्टी सचिव वाङ सियाङले भेटवार्ता गर्नुभएको छ ।

भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमण अत्यन्त उत्साहजनक रहेको बताउँदै सचिव वाङ सियाङलाई चीन सरकारले नेपाल चीन सम्बन्धका लागि इन्चार्जको जिम्मेवारी दिएको र वाङको नेतृत्वमा भएका अर्थपूर्ण क्रियाकलापबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइमा लग्न महत्वपूर्ण योगदान पुगेकोमा उहाँको प्रशंसा गर्नुभयो । PM उहाँले नेपाल र चीनबीचका दुइपक्षीय हितका लागि हरेक क्षेत्रमा सहकार्य गर्न नेपाल सरकार तयार रहेको पनि बताउनुभयो । भेटवार्तामा सचिव वाङले प्रधानमन्त्री प्रचण्डको चीन तथा तिब्बत भ्रमणबाट आफू धेरै खुसी भएको बताउँदै नेपालसँगको सम्बन्धलाई अझ उचाइमा पुगाउन सक्रिय रहने बताउनुभयो ।

भेटवार्तामा प्रधानमन्त्रीको भ्रमण दलमा रहनुभएका सदस्यहरु सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्रीको सम्मानमा सचिव वाङले रात्रीभोजको आयोजना गर्नुभएको छ ।

तिब्बतलाई चीनीँयाहरुले आफ्नो भाषामा सिचाङ भन्ने गरेका छन् । प्रधानमन्त्री प्रचण्डले भोलि कैलाश पर्वत र मानसरोबर तालको भ्रमण गर्नुहुने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ। सिन्ह्वा/रासस


ताजा खबर