आइसियू नर्सकालागि “बेसिक फर नर्सेस” कार्यशाला

काठमाडौं चावहिल स्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा (सघन उपचार) आइसियू नर्सिङको आधारभूत कार्यशाला सम्पन्न भएको छ ।

May be an image of 9 people, hospital and text

सघन उपचार कक्षमा कार्यरत नर्सहरुलाई दैनिक विरामिको स्याहार तथा उपचारमा आवश्यक आधारभूत सीपहरु तथा ज्ञान आदान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यशालाले दक्ष जनशक्ति उत्पादन गरी सघन उपचरमा विशेष योगदान दिने अपेक्षा गरिएको छ ।

May be an image of 3 people, dais, hospital and text

समापन कार्यक्रममा सम्बोधन गर्ने क्रममा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले ॐ हस्पिटलले नर्सहरुको सिप र दक्षता अभिबृद्दिका यस किसिमका तालिमहरुमा हरतरहले सहयोग गर्न तयार रहेको प्रतिवद्धता दोहोर्याउँदै । तालिम सफलता पूर्वक सम्पन्न गरेकोमा एनसिसिडिएफ र सिसिएनएएन तथा सहभागि सम्पूर्ण नर्सिङ इन्सट्रक्टरहरुलाई अस्पताल परिवारका तर्फवाट धन्यवाद ज्ञापन गर्नुभयो ।

May be an image of 2 people, dais, hospital and text

कार्यशाला समापन समारोहलाई सम्बोधन गर्दै ॐ हस्पिटलका मेडिकल डाइरेक्टर डा. हरिश जोशीले ॐ अस्पताल चिकित्सा शिक्षा, सीप तथा तालिमहरुमा अग्रणि रहेकोमा गौरव लागेको र आगामी दिनहरुमा पनि यस किसिमका दक्षता अभिबृद्धिकालागि थप कार्यक्रमहरु संचालनमा पनि समथ रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

May be an image of 4 people, people studying, dais, hospital and text

समापन मन्तव्यका क्रममा क्रिटिकल केयर नर्सेस् एसोसिएशनकी उपाध्यक्ष तथा क्रिटिकल केयर नर्सेस ट्रेनिङ प्रोग्रामकी संयोजक कविता सिटौलाले चाइनिज युनिभर्सिटी अफ नर्सिङ हङकङ र अष्ट्रेलिया, क्यानडा लगायतका मुलुकहरुसँगको सहकार्यमा संचालित बेसिक फर नर्सेस् अन्तर्राष्ट्रिय मान्यता प्राप्त कार्यशाला भएको जिकिर गर्नुभयो । कार्यशालामा सहभागि सबैलाई आत्मविवास सहित आफुले हाँसिल गरेको ज्ञान र सिकेका सीपको प्रयोग गरी विरामीको स्याहार सुसार र उपचारमा सहभागि हुन समेत आग्रह गर्नुभयो ।

May be an image of 10 people, dais and text

कार्यशालाको समापन सत्रमा नर्सिङ डाइरेक्टर उमा श्रेष्ठ, नेपाल क्रिटिकल केयर डेभलोपमेन्ट फाउण्डेसनका संस्थापक सदस्य तथा ॐ हस्पिटलको सघन उपचार विभागका प्रमुख डा. प्रमेश सुन्दर श्रेष्ठ, सघन उपचार विशेषज्ञ डा. सेमन्त दाहाल, सिनियर एचआर अफिसर लवराज अवस्थीको पनि उपस्थित रहेको थियो।

May be an image of 9 people, people smiling, people studying and hospital

क्रिटिकल केयर डेभलोपमेन्ट फाउन्डेशन र क्रिटिकल केयर नर्सेस् एसोसिएशनको नेतृत्वमा बिभिन्न अस्पतालका सघन उपचार विभागमा कार्यरत ३८ जना नर्सहरुको सहभागिता रहेको थियो । रासस


ताजा खबर