ॐ हस्पिटलमा सघन उपचार नर्सिङ कार्यशाला शुरु

काठमाडौं चावहिल स्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा सघन उपचार (आइसियू) नर्सिङको आधारभूत कार्यशाला शुरु भएको छ ।

सघन उपचार विभागमा कार्यरत नर्सहरुलाई दक्ष बनाउन क्रिटिकल केयर डेभलोपमेन्ट फाउन्डेशन र क्रिटिकल केयर नर्सेस् एसोसिएशनको अगुवाइमा शुरु भएको कार्यशालाले सघन उपचरमा विशेष योगदान दिने अपेक्षा गरिएको छ ।

May be an image of 2 people, dais and text

कार्यशालाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ॐ हस्पिटल संचालक समितिका अध्यक्ष तथा सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठले नेपालको सघन उपचार शिक्षामा योगदान गर्न पाएकोमा ॐ हस्पिटल परिवार गौरवान्वित भएको बताउनुभयो । यस किसिमका विशेष कार्यशालाले नेपालको स्वास्थ्य उपचारलाई थप उचाई प्रदान गरेको र विश्वका राम्रा अस्पताल सरहको बनाउनेमा आफु विश्वस्त रहेको जिकिर गर्नुभयो ।

May be an image of 5 people and people studying

May be an image of 14 people, people studying and text

स्वागत मन्तव्यमा ॐ हस्पिटलकी नर्सिङ डाइरेक्टर उमा श्रेष्ठले ॐ हस्पिटलले नर्सहरुको सिप र दक्षता अभिबृद्दि गर्न यस किसिमका कार्यशाला र तालिमहरु नियमित रुपमा गर्दै आएको जिकिर गर्नुभयो । उहाँले यस किसिमका तालिमहरुले नर्सिङ सेवाको स्तर बृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

May be an image of 2 people, hospital, dais and text

May be an image of 16 people, people studying, hospital and dais

समबोधनका क्रममा ॐ हस्पिटलका सघन उपचार विशेषज्ञ तथा क्रिटिकल केयर डेभलोपमेन्ट फाउण्डेशनका संस्थापक सदस्य डा. प्रमेश सुन्दर श्रेष्ठले नेपालको सघन उपचार बिगतको तुलनामा निकै स्तरिए भएको बताउनुभयो । यस किसिमको तालिमले सघन उपचार सेवालाई थप स्तरिय बनाउने र सफलता दर समेत बढ्ने अपेक्षा गर्नुभयो ।  देशभरका अस्पतालमा स्तरिय सघन उपचार सेवा प्रदान गर्ने लक्षलाई समेत यस किसिमका कार्यशालाले टेवा पुर्याउने उहाँको विश्वास रहेको छ ।

May be an image of 4 people, people smiling, dais, hospital and text

कार्यशालाको उद्घाटन मन्तव्यका क्रममा क्रिटिकल केयर नर्सेस् एसोसिएशनकी अध्यक्ष विमला श्रेष्ठले सघन उपचारमा काम गर्ने नर्सहरुलाई लक्षित गरेर आयोजित कार्यशाला अत्यन्त प्रभावकारी रहेको र उपचारका सिलसिलामा उपयोगि हुने जानकारी दिनुभयो । कार्यशालामा उत्साहजनक रुपमा सहभागि भई ज्ञान र सिप सिकेर कार्यस्थलमा फर्कन सहभागिहरुलाई आग्रह समेत गर्नुभयो ।

May be an image of 4 people, dais, hospital and text

May be an image of 11 people, people studying, people smiling and hospital

त्यसैगरी, क्रिटिकल केयर नर्सेस् एसोसिएशनकी उपाध्यक्ष समेत रहनुभएकी क्रिटिकल केयर नर्सेस ट्रेनिङ प्रोग्रामकी संयोजक कविता सिटौलाले चाइनिज युनिभर्सिटी अफ नर्सिङ हङकङ र अष्ट्रेलिया, क्यानडा लगायतका मुलुकहरुसँगको सहकार्यमा विशेष तालिम र सिप लिएर आएका ट्रेनरहरुले प्रशिक्षण दिने कार्यशाला अत्यन्त प्रभावकारी रहेको र ७५ औं ब्याचलाई प्रशिक्षण दिन उपस्थित हुन पाँउदा गौरवान्वित भएको बताउनुभयो ।

May be an image of 5 people, hospital and text

क्रिटिकल केयर नर्सका रुपमा काम शुरु गरेका नव प्रवेशी नर्सहरुलाई सघन उपचार बारे ज्ञान सिप प्रदान गर्ने र गम्भीर अवस्थाका विरामीको स्याहार सुसारकालागि दक्ष बनाउने उद्देश्य सहित संचालित कार्यशालामा देशभरका बिभिन्न अस्पतालको सघन उपचार कक्षमा कार्यरत ४३ जना नर्सहरुको सहभागिता रहेको छ।

May be an image of 3 people and hospital

कार्यशालाको उद्घाटन सत्रमा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र मेडिकल डाइरेक्टर डा. हरिश जोशी, नर  आइसियूका डाक्टरहरु र नर्सहरुसँगै अन्य बिभागका डाक्टर र नर्सिङ स्टाफहरुको उल्ल्ख्य सहभागिता रहेको थियो ।

May be an image of 5 people, people studying, clothes iron, hospital and text

May be an image of 3 people, people smiling, hospital and text

ॐ हस्पिटलले यस अघि २०१९ मा र २०२१ मा दुइवटा बेसिक फर नर्सेस कार्यशाला सम्पन्न गरिसकेको छ । रासस


ताजा खबर