ढाडको बाँगोपनाको उपचार बारे छलफल गर्न देशभरका स्पाइन सर्जनहरू काठमाडौंमा

ढाडको बाँगोपनाको उपचार गरिरहेका स्पाइन सर्जनहरू काठमाडौंमा भेला भएका छन्।

ढाडको बाँगोपना (स्कोलियोसिस) को उपचार पद्धति, नविनतम प्रविधि, आगामी रणनीतिबारे एडभान्स स्पाइन कोर्ष २०२३ मा सहभागी भई छलफल गर्न चिकित्सकहरू काठमाडौंमा भेला भएका हुन्।

एशोसिएशन अफ स्पाइन सर्जन अफ नेपालले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा गरेको सो विशेष कार्यशालामा देशभरबाट ८० जना भन्दा  बढी चिकित्सकहरू सहभागी भएका हुन्।

नेपालमा ढाडको बाँगोपनाको समस्या भएकाहरुको उपचार देश भित्र नै उत्कृष्ट रहेको विषयमा जानकारी गराउने तथा उपचारका बिबिध आयामहरुबारे छलफल तथा ज्ञान आदान प्रदान गर्न कार्यशाला आयोजना गरिएको एशोसिएशन अफ स्पाइन सर्जन अफ नेपालका अध्यक्ष डा.विनोद बिजुक्छेले बताए। ढाडको बाँगोपनाको उपचार नेपालमा सर्वसुलभ रुपमा रहेको र सफल उपचार हुँदै आएको समेत बताए । कार्यशालामा  आउने पुस्तालाई ढाडको बाँगोपना उपचार कसरी गर्ने ? उपचार पद्धती के के छन् भन्ने विषयमा छलफल भएको जानकारी दिए ।

ढाड बाङ्गिने समस्या १६ वर्ष मुनिका बाल बालिकाहरूमा बढि देखिने र कुल जनसंख्याको ०.५ प्रतिशतमा ‍ढाड बाङ्गिने समस्या रहेको अध्ययनहरुले देखाएका छन् ।  २० डिग्री भन्दा माथि ढाड बाङ्गिएको छ भने त्यसले जिवनशैली तथा सुन्दरतामा समेत समस्या दिने यो समस्या छोराहरू भन्दा छोरीहरूलाई बढी देखिने पनि अध्ययनहरूले देखाएको छ ।  धेरैजसो १० वर्षको उमेरपछि बालिकाहरूलाई यो समस्या  देखिने गरेको छ। ढाडको बाँगोपनाको समस्या सात महिला बराबर एक पुरुषमा देखिन्छ।

देशभरका स्पाइन सर्जनहरू काठमाडौंमा

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्ष समेत रहेका ॐ हस्पिटलका सिनियर कन्सल्ट्यान्ट स्पाइन सर्जन प्रा. डा.गौरवराज ढकालले ढाडको बाङ्गोपना धेरैजसो बालिकाहरूमा देखिने गरेको तथ्य दोहोर्याउँदै  १६ वर्षमुनिका बालिकाहरुमा यो समस्या देखिने र रोकथामका लागि उपचारको उपाय अपानाइ शतर्क गराउँदै आएको बताए।

एकदिने कार्यशालामा बरिष्ठ स्पाइन सर्जनहरु, अर्थोपेडिक सर्जनहरु, अर्थोपेडिक सर्जरीका रेजिडेन्ट डाक्टरहरु तथा फेलो डाक्टरहरु, एशोसिएशन अफ स्पाइन सर्जन अफ नेपालका सदस्य डाक्टरहरुको  सहभागिता रहेको थियो ।

 


ताजा खबर