प्रधानमन्त्रीको स्वास्थ्यस्थितिमा उल्लेख्य सुधार : केहिदिन उच्च निगरानीमा राखिने चिकित्सकहरूको भनाइ

अहिले प्रधानमन्त्रीको स्वास्थ्यस्थिति स्थिर रहेको र उनलाई उच्च निगरानीमा राखिएको चिकित्सकहरूले बताएका छन्।

बिहान पेट दुखेपछि प्रधानमन्त्री ओलीलाई अस्पताल लगिएको थियो। उनी ९:०० बजेतिर स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका थिए।

सेन्टरका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठका अनुसार विज्ञ चिकित्सकहरू सम्मिलित टोलीले परीक्षण गर्दा ओलीलाई अपेन्डिसाइटिससहित पेरिटोनाइटिस अर्थात् पेटको सङ्क्रमण भएको पत्ता लागेको थियो।

प्रा. डा. श्रेष्ठले जारी गरेको पछिल्लो विज्ञप्तिमा ल्यापरोटमी अपेन्डेक्टमी आदि विधिबाट प्रधानमन्त्रीको उपचार गरिएको उल्लेख छ।

“(प्रधानमन्त्री ओलीलाई) हाल सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको छ,” श्रेष्ठको हस्ताक्षर भएको विज्ञप्तिमा उल्लेख छ।

यसअघि प्रधानमन्त्रीलाई हेरेका प्रा. डा. अरुण सायमी र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओलीलाई अपेन्डिसाइटिस भएको पुष्टि गरेका थिए।

झन्डै १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रम ओली अहिले फेरि मिर्गौलाको समस्याबाट पीडित छन्।

हालै उनको केही पटक हेमोडायालिसिस गरिएको थियो।

बीबीसी


ताजा खबर