अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प सबै मुद्दामा दोषी ठहर

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आपराधिक मुद्दामा झूटो व्यापारिक अभिलेख राख्ने सबै ३४ वटै मुद्दामा दोषी ठहर गरिएको छ । न्युयोर्कमा भएको ऐतिहासिक सुनुवाइका क्रममा उहाँलाई दोषी ठहर गरिएको हो ।

अमेरिकाको इतिहासमै बहालवाला वा पूर्व राष्ट्रपतिलाई अपराधको सजायँ सुनाइएको पहिलोपटक हो । आगामी जुलाई ११ मा पूर्वराष्ट्रपति ट्रम्पलाई सजायँ निर्धारण गरिनेछ । ट्रम्प जेल जान सक्ने सम्भावना रहेको बताइएको छ ।

कानुनी विज्ञहरुले ट्रम्पलाई जरिवाना मात्रै गर्ने सम्भावना पनि रहेको बताएका छन् । ट्रम्पले फैसलालाई अपमानजनक भन्दै मुद्दाको अध्यक्षता गर्ने न्यायाधिश माथि नै आक्रमण गर्नुभयो ।

आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा बाइडनलाई हराएर ह्वाइट हाउसमा फर्कने ट्रम्पको अभियानलाई प्रभावित पार्ने गरी अदालतले फैसला गरेको बताइएको छ । रासस


ताजा खबर