बाथ रोगमा डिएम गरेका पहिलो नेपाली बिशेषज्ञ अब ॐ अस्पतालमा

२०७६ मंसिर १० गते बुधबार

काठमाडौंको चावहिलमा रहेको ॐ अस्पताल एण्ड रिसर्च सेन्टरमा बाथरोग सम्बन्धि बिशेषज्ञ उपचार सेवा शुरु भएको छ ।

भारतको नयाँदिल्ली स्थित एम्सबाट इन्टरनल मेडिसिनमा एमडी तथा चण्डिगढ स्थित पिजिआई बाट र्युमाटोलोजिमा डिएम गर्नुभएका बाथरोग बिशेषज्ञ, नेपाली डाक्टर डा. साकेत झा ॐ अस्पतालमा उपलब्ध हुनुहुन्छ ।

डा. झा लाई नियमित रुपमा आइतबार देखी शुक्रबार साताको छ दिन, बिहान ८:३० देखी ९:३० बजेसम्म र साँझ ३:०० देखी ५:०० बजेसम्म ॐ अस्पतालमा भेट्न सकिने छ ।

नेपाली चिकित्सकहरु मध्ये र्युमाटोलोजिमा डि एम गर्नुभएका पहिलो डाक्टरको रुपमा परिचित डा.झा असाध्य भनिएका र दीर्घ रोगका रुपमा बाथरोगबाट पिडितहरुको उपचारमा खास दख्खल राख्नुहुन्छ ।

बाथ रोगको समस्या भयावह रुपमा रहेको अवस्थामा नेपालमा नै सहि उपचारकालागि बिशेषज्ञ सहितको उपचार सेवा प्रदायकका रुपमा ॐ अस्पताल आउनुलाई स्वास्थ्य क्षेत्रले ठूलो उपलब्धिको रुपमा लिएको छ ।

काठमाडौं उपत्यका तथा देशका बिभिन्न शहरमा रहेका साना ठूला अस्पताल तथा स्वास्थ्य सेवा प्रदायकहरुसँग सहकार्यगरी मोफसलका बाथरोगका बिरामीहरुकालागि समेत सुलभ रुपमा बाथरोग उपचार सेवामा योगदान दिने अस्पतालले जनाएको छ ।

अस्पतालले केही समय अघि लामो समयदेखी उपचारमा रहेका बाथरोगिहरुलाई लक्षित गरी निःशुल्क ओपिडि सेवा समेत सञ्चालन गरेको थियो । बिरामी तथा आफन्तजनको बिशेष अनुरोधमा अस्पतालले आगामी बिहिबार बिहान ८:०० बजे देखी १०:०० बजेसम्म र अपरान्ह २:०० बजे देखी साँझ ५:०० बजेसम्म पनि बाथरोगका बिरामीहरुकालागि निःशुल्क ओपिडी सेवा संचालन गर्न लागेको समेत अस्पतालले जनाएको छ ।

सफल नेपाल


ताजा खबर