ओम समाज डेन्टलको नयाँ शाखा बर्दिवासमा

वर्दिवास, चाबहिलस्थित ओम समाज डेन्टलले आफ्नो नयाँ शाखा वर्दिवास—३ गौरीडाँडामा विस्तार गरेको छ । शनिबार नयाँ शाखाको उद्घाटन वर्दिवास नगरपालिकाका मेयर विदुर कार्कीले गरेका हुन् ।

कार्यक्रममा मेयर कार्कीले आफुहरुको नगरमा दन्त चिकित्सा सेवा प्रवाह गर्नका लागि ओम समाजले शाखा खोलेको धन्यवाद दिए । उनले आफूहरु नगरपालिकाको तर्फबाट सबै प्रकारको सहयोग गर्न तयार रहेको उल्लेख गरे ।

कार्यक्रममा अस्पतालका अध्यक्ष डा. सुभाष घिमिरेले आफ्नो जन्म थलोमा आएर यहाँको स्थानीयलाई सेवा दिन पाउँदा खुशी लागेको बताए । ओम समाजले नयाँ शाखाबाट दात सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउने जनाएको छ ।

कार्यक्रममा काठमाडौंबाट गएका दन्त विशेषज्ञ तथा स्थानीयहरुको पनि बाक्लो उपस्थिती रहेको थियो ।

 


ताजा खबर