राष्ट्रिय प्रसारण नियमावली स्वीकृति गर्ने सरकारको निर्णय

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली,२०७८ स्वीकृति गर्ने निर्णय गरेको छ ।

मंगलबार सूचना तथा सञ्चारप्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सोमबार बसेको मन्त्रीपरिषदका बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उहाँले धितोपत्र दर्ता तथा निष्कासन पाँचौ संशोधन नियमावली २०७८, डिजिटल प्रणालीमार्फत नापनक्सा तथा जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह निर्देशिका २०७८ पनि स्वीकृति भएको छ ।

बाल अधिकार सम्बन्धी अन्तराष्ट्रिय महासन्धि,१९८९ को छैटौं आवधिक प्रतिवेदन स्वीकृति गरी संयुक्त राष्ट्र संघमा पेश गर्न अनुमति प्रदान गर्ने पनि जनाइएको छ ।

कार्यक्रममा आउँदो फागुन ४ र ५ गते नर्वेमा भर्चुअल माध्यामबाट हुने दोस्रो ग्लोबल डिजियबिलिटी समिटमा भाग लिन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीलाई सहभागी हुन स्वीकृति गर्ने बताइएको छ ।


ताजा खबर