ॐ अस्पतालमा बाथरोग बिशेषज्ञसँग निःशुल्क परामर्श गर्न सकिने ।

काठमाडौंको चावहिलस्थित ॐ अस्पताल एण्ड रिसर्च सेन्टरले बाथरोगका बिरामीहरुकालागि बिशेषज्ञ सेवा शुरु गरेको छ । बिशेषज्ञ सेवा शुरु भएको अवसरमा अस्पतालले आगामी बिहिवार निःशुल्क ओपिडि सेवा प्रदान गर्दैछ ।

अस्पतालले भारतको नयाँदिल्ली स्थित अल इण्डिया इन्सटिच्युट अफ मेडिकल साइन्सेस –एम्सबाट इन्टरनल मेडिसिनमा एमडी तथा पोष्ट ग्र्याजुएट इन्सटिच्युट अफ मेडिकल एडुकेशन एण्ड रिसर्च –पिजिआईएमईआर, चण्डिगढबाट क्लिनिकल इम्युनोलोजीमा डिएम गर्नुभएका बाथरोग बिशेषज्ञ डा.साकेत झासँग निःशुल्क परामर्शको ब्यवस्था गरेको छ ।

निःशुल्क ओपिडिमा आउनुहुने बिरामीहरुकालागि आवश्यक बिभिन्न परिक्षणहरुमा बिशेष छुटको ब्यवस्था समेत रहेको अस्पतालले जनाएको छ ।

निःशुल्क सेवा अन्तर्गत यहि कार्तिक २१ गते बिहिबार बिहान ८:०० बजेदेखी १०:०० बजेसम्म तथा अपरान्ह २:०० बजेदेखी साँझ ५:०० बजेसम्म परामर्श गर्न सकिने समाचारमा जनाइएको छ।

सेवाकालागि नाम दर्ता गर्न अस्पतालको हेल्प डेस्कमा सिधा सम्पर्क गरेर वा मोवाइल नम्बर ९८०२०७६२२५ वा ९८०२०७६२४७ मा कल गर्न सकिने ब्यवस्था छ ।
रासस


ताजा खबर