बालकमा ‘अन्डिसेन्डेड टेस्टिस’को समस्या : जन्मदोषका कारण पनि हुने गर्छ

डा. आशिषलाल श्रेष्ठवरिष्ठ बालशल्य चिकित्सक

बालकमा देखिने कैयौं जन्मजात समस्यामध्ये ‘अन्डिसेन्डेड टेस्टिस’ पनि एक हो । प्राकृतिक रूपमा अण्डा नझारिदिँदा अण्डकोषमा समस्या देखा पर्छ । यही विषयमा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ बालशल्य चिकित्सक डा. आशिषलाल श्रेष्ठसँग कुराकानी गरिएको छ । डा. श्रेष्ठले दक्षिण भारतको क्रिस्टिएन मेडिकल कलेज, भेलोरमा तीन वर्षे एमएस जनरल सर्जरीपछि थप तीन वर्ष एमसीएच पेडियाट्रिक सर्जरीको तालिम लिएका छन् । उनी नेपालकै पहिलो र एक मात्र एमसीएच प्रशिक्षित बाल सर्जन पनि हुन् । करिब डेढ वर्षदेखि ग्रान्डी अस्पतालमा डा. श्रेष्ठ फुलटाइम पिडियाट्रिक सर्जनका रूपमा कार्यरत छन् । प्रस्तुत छ, डा. श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश : 

० अन्डिसेन्डेड टेस्टिस भन्नाले के बुझिन्छ ?यो किन र के कारणले हुन्छ ?

– मानिसके भु्रणात्मक विकासको क्रममा पुरुष बच्चामा टेस्टिस अथवा अन्डाको सुरुवाती विकास भ्रुणको पेटभित्र हुन्छ । त्यहीबाटै यसको थप विकास हुन थाल्छ ।  भु्रण ३५ हप्ताको भएपछि मांसपेसीले घेरिएको इंगुइनल केनाल मार्गबाट तल झर्दै अण्डकोषमा आइपुग्छ । यो प्रक्रिया विभिन्न हर्मोनको सहायताले पूरा हुन्छ ।
यो प्राकृतिक रूपमा नै हुने भए पनि कसैकसैमा यो प्रक्रिया हुनै पाउँदैन । अण्डकोषमा प्राकृतिक रूपमा अन्डा नझरने समस्यालाई नै अन्डिसेन्डेड टेस्टिस भनिन्छ । यो अन्य धेरै जन्मदोषका कारणले पनि
हुने गर्छ ।

० यसका लक्षण के के हुन् ?

– प्रायः बच्चामा यसको केही पनि लक्षण हुँदैनन् । जसले गर्दा धेरै बच्चालाई बालसर्जनसम्म पु¥याइँदैन वा धेरै समय लगाइदिन्छ । यसका जटिल समस्या देखिएपछि मात्र कतिपय अभिभावक सल्लाह र परामर्शका निम्ति आउँछन् । तर, त्यसबेलासम्म धेरै ढिला भइसकेको हुन सक्छ ।

० यसको निदान कसरी गर्न  सकिन्छ त ?

– शिशुको जन्मपश्चात् ध्यानपूर्वक पूरै शरीरको जाँच गरिन्छ । त्यसैबेलामा पेट र अण्डकोषको पनि जाँच गरेर अन्डा आÏनो स्थानमा छ कि छैन भन्ने निश्चित गरिन्छ । यदि अन्डा वा अण्डकोषमा छैन भने त्यसलाई पेटको तल्लो भागमा छाम्ने गरिन्छ । योसँगै अण्डकोषको विकास ठीकसँग भएको छ कि छैन पनि हेरिन्छ ।
यदि छाम्दा नभेटिएमा र अण्डकोषका विकास पनि राम्ररी नभएको पाइएमा अन्डा पेटभित्रै रहेको निश्चित गरिन्छ । जन्मेको ६ महिनासम्म पनि यो झर्ने सम्भावना रहने हुँदा त्यति समयसम्म यसलाई हेर्न अथवा पर्खिन सकिन्छ । यदि त्यसपछि पनि झरेन भने शल्यक्रियाको माध्यम अपनाउनुपर्ने हुन्छ ।

० यसको उपचार विधि के  कस्ता छन् ?

– यदि छाम्दा तल्लो पेटमा अथवा कांसतिर अण्डा सजिलैसँग भेटिन्छ भने एकै चरणको शल्यक्रियाबाट अन्डालाई अण्डकोषमा पु¥याएर उपचार गरिन्छ । लगभग ७० प्रतिशतमा यो अवस्थासँगै हर्नियाको समस्या पनि रहने हुँदा त्यसको उपचार पनि सोही समयमा गरिन्छ । उक्त अप्रेसनलाई इंगुइनल ओर्किओपेक्सी भनिन्छ । यो शल्यक्रियाबाट चिरेर गरिन्छ ।
यदि पेटभित्र छाम्दा भेटिएन भने दूरबिनको प्रयोग गरी नाइटोबाट स्कोप घुसाएर पेटभित्र निरीक्षण गरिन्छ । तदनुसार १ या २ चरणमा अन्डालाई अण्डकोषमा ल्याई पु¥याइन्छ । यस्तो प्रविधिलाई लापरोस्कोपिक ओर्किओपेक्सी भनिन्छ । पेटमा बनाइने ससाना छेदबाट यो सम्भव हुन्छ ।

० यसको उपचार समयमा नभए के के जटिलता आउन सक्छन् ?

– प्राकृतिक रूपमा नै अन्डा शरीरभन्दा ३ देखि ४ डिग्री कम तापक्रममा अण्डकोषमा रहन्छ । यो वातावरण त्यसका निम्ति कार्यानूकूल हुन्छ । अन्डिसेंडेड टेस्टिसको समस्या हुँदा यो वातावरण पुग्दैन । जसले गर्दा अण्डाको अपेक्षित विकास हुँदैन ।

० यसको उपचार समयमा नभएमा के कस्ता जटिलता आउन सक्छन् ?

– समयमा नै उपचार गर्न सक्यो भने धेरै नै सहज हुन्छ । यदि उपचार ढिलो भयो भने निम्न प्रकारका समस्याहरू आउँछन् ः
(क) शरीरका अंगको थप विकासका लागि चाहिने हर्मोन पर्याप्त मात्रामा  उत्पादन हुँदैन ।
(ख) प्रजनन क्षमत कम हुन सक्ने सम्भावना हुन्छ ।
(ग) अन्डामा क्यान्सरको जोखिम धेरै गुणा बढ्छ ।
(घ) साथमा हुने इंगुइनल हर्नियासँग सम्बन्धित जोखिम हुन्छ ।
(ङ) अन्डा बटारिएर अचानक रक्त सञ्चार रोकिन सक्ने जोखिम हुन्छ ।
(च) अण्डकोषमा चोट लाग्न सक्ने  जोखिम बढ्छ ।
अहिलेको अनुसन्धान र मान्यताअनुसार ६ देखि ९ महिनाको उमेरसम्म यसको  उपचार गर्नुपर्छ ।Image may contain: one or more people, people standing and indoorअपरेशन थिएटरमा डा. आशिषलाल श्रेष्ठ (दायाँ बाट पहिलो )

Credit: RajdhaniNationalDaily


ताजा खबर