आइएसका प्रमुख अल–बग्दादी मारिए : अमेरिकी सैन्य कार्वाहीबाट बच्न केही उपाए नलागेर उनले आत्महत्या गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) का प्रमुख अबु बक्र अल–बग्दादी मारिएको दाबी गरेका छन् ।

अमेरिकी सैनिकले सिरियाको उत्तर पश्चिमी क्षेत्रमा गरेको कारवाही अभियानको क्रममा अल–बग्दादीले जोगिने कुनै विकल्प नदेखेपछि आत्महत्या गरेको ट्रम्पले दाबी गरेका हुन् ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट घटनाबारे जानकारी दिँदै ट्रम्पले आइएसका प्रमुख नेता मारिएको बताएका छन् । ट्रम्पका अनुसार अल–बग्दादी सुरुङ्गमा पशेपछि अमेरिकी सैनिकका कुकुरबाट घेरिए । त्यसपछि उनले आफूले लगाएको बमयुक्त ज्याकेट बिस्फोट गराएको ट्रम्पले बताएका छन् ।

अल–बग्दादी सन् २०१४ देखि चर्चामा आएका हुन् । उनले इराक र सिरियामा इस्लामिक राज्य बनाउने घोषणासहित हिंसात्मक आन्दोलन थालेका थिए । आइएसले गरेका आक्रमणका कारण हजारौँको ज्यान गएको छ ।

आइएसले नियन्त्रणमा लिएको क्षेत्रमा अति कडा नियम लागु गरेको थियो । आइएस विरुद्धको लडाईँको नेतृत्व गरेको अमेरिकाले यो वर्ष आइएस पराजित भएको घोषणा गरेको थियो ।

उत्तरी सिरियाबाट अमेरिकी सैनिक फिर्ता बोलाउने निर्णय गरेकोमा तीव्र आलोचना भइरहेका बेला अल–बग्दादीको मृत्यु ट्रम्पका लागि ठूलो जित हो ।

यस्तै सदनमा डेमोक्र्याटले गरिरहेको महाअभियोग लगाउने सम्बन्धी अनुसन्धानबाट समस्यामा आएका ट्रम्पलाई अल–बग्दादीको मृत्यु त्यससँग लड्ने हतियार बन्न सक्ने छ ।

सिएनएन

 

 


ताजा खबर