ह्वाइट हाउसमा पनि मनाइयो दिपावली : अमेरिकी राष्ट्रपति ट्रम्पले बाले दियो

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तिहार(दिपावली)मनाएका छन् ।

आइतवार राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउनमा दीपावली गरेका हुन् ।

आफूले दीपावली मनाएको भिडियो राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा शेयर गरेका छन् ।

भिडियोमा उनी मैनवत्ती बालिरहेका देखिएका छन् ।

ट्वीटमा उनले लेखेका छन्,‘दिवाली मनाउँदैछौं । म र मेलानिया प्रकाशको पर्व मनाउनेहरुलाई शुभकाममा दिन्छौं ।’

एक आधिकारिक वक्तव्यमा ट्रम्पले भनेका छन्,‘संयुक्त राज्य अमेरिका तथा विश्व भरका कयौं हिन्दू, जैश, शिख र बुद्ध धर्मावलम्बिका लागि यो पवित्र अवधि अन्धकार माथि प्रकाशको जीत र असत्यमाथि सत्य र ज्ञानको जीतको अवसर हो ।’

ट्रम्पले अमेरिकाको मूल मर्म नै धार्मिक स्वतन्त्रता भएको र दिवाली मनाउँदा त्यसको स्मरण हुने बताएका छन् ।

Donald J. Trump

@realDonaldTrump


ताजा खबर