विश्वभरको प्रमुख समाचारः अरबौं पटक हेरियो बेलायतमा ट्रक कन्टेनर भित्र चिनियाँ नागरिकहरुको शव फेला परेको समाचार

सिरियामा रुस र टर्कीको रणनीति पछि उत्पन्न परिस्थिति देखि लेबनानको राजनीतिक संकट पनि प्रमुख खबर बनिरहेको छ ।

बेलायत यूरोपेली युनीयनबाट अलग हुने बेक्जिटको ढिलाईको समाचार पनि प्राथमिकतामा छ । हङकङमा प्रदर्शन भइरहँदाको अन्तर्राष्ट्रिय समर्थन र विरोधका कारण उत्पन्न परिस्थिति पनि बढी हेरिएको समाचारमा परेको छ ।

यसैगरी, बेलायतमा ट्रक कन्टेनरमा मृत फेला परेको ३९ जना शव चिनियाँ नागरिकको भएको खुलेसँगै चीनले उनीहरुको परिचय खोज्न थालेको छ । बेलायतस्थित चिनियाँ राजदूतावासले बेलायती प्रहरीसँग सम्पर्क गरेर जानकारी लिइरहेको उल्लेख छ ।

चिनियाँ विदेशमन्त्रालयको आधिकारिक धारणा सार्वजनिक गर्ने ग्लोबल टाइम्सले बेलायतस्थित चिनियाँ राजदूतको विज्ञप्ति उल्लेख गर्दै भनेको छ कि तथ्यपरक रिपोर्टहरुका आधारमा पुष्टिको पहल भइरहेको छ । अनुसन्धानपछि विज्ञप्ति जारी गरिने भनिएको छ ।

यसअघि बेलायतको प्रहरीले शव चिनियाँ नागरिकको भएको पुष्टि गरेको थियो । लण्डन नजिकै एसेक्समा कन्टेनरमा फेला परेकोमा ३८ जना वयष्क र एकजना किशोरावस्थाको शव बुधबार भेटिएको थियो ।

शव फेला परेपछि त्यसबारे अनुसन्धान गर्ने क्रममा चिनियाँ नागरिकको भएको पत्ता लागेको हो । २५ वर्षीय ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर छानविन गर्नमा उक्त रहस्य खोलिएको थियो । को उत्तरी आयरल्यान्डका बासिन्दा ती चालक प्रहरी हिरासतमा छन् ।

इसेक्स प्रहरीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सीले बेल्जियम हुँदै ट्रक शनिबार बेलायत प्रवेश गरेको बताएको छ । कन्टेनरको रंग सेतो छ भने ट्रकको अगाडिको भाग प्याजी र सेतो रंगको छ । निकै ठूलो कन्टेनर योजनावद्ध तरिकाले बेलायत छिराइएको हुनसक्ने बताइएको छ ।

ट्रक कन्टेनरमा चिनियाँ नागरिक ल्याउन मानव तस्करहरुको संलग्नता देखिएको छ । लामो यात्राका क्रममा उनीहरु निसास्सिएर मरेको हुनसक्ने बताइएको छ ।

विगतमा पनि बेलायतमा यस्तै घटनाहरु भएको थियो । यूरोपमा गैरकानुनी रुपमा प्रवेश गर्न खोज्दा कन्टेरनमा राखिएकाहरु निसास्सिएर जीवन गुमाउन पुगेका थिए ।

एजेन्सी #SinaWeibo


ताजा खबर