नेपालमा चिनियाँ प्रभाव बढ्दै गएको अमेरिकाको भनाई

काठमाडौँ । साउथ एसिया तथा सेन्ट्रल एसियासम्बन्धी अमेरिकी कार्यवहाक सहायक सचिव एलिस वेल्सले नेपालमा चिनियाँ प्रभाव बढ्दै गएको ब्रिफिङ गरेकी छन् ।

एसिया तथा प्यासिफिक परराष्ट्र मामिलासम्बन्धी एसिया तथा प्रशान्त क्षेत्रीय उपसमितिमा वेल्सले नेपालसम्बन्धी ब्रिफिङमा सो कुरा बताएकी हुन् ।

‘नेपालमा चिनियाँ प्रभाव बढ्दो छ। त्यसैले तिब्बती समुदायमाथि नेपाल सरकारको प्रतिबन्ध छ,’ उनले ब्रिफिङमा भनेकी छन्, सरकारले तिव्वतीयन बुद्धिष्ट समुदायलाई प्रतिबन्ध लगाउने क्रम बढेको छ र दलाई लामाको जन्मोत्सव मनाउने सार्वजनिक समारोहमा पनि रोक लगाइएको छ।’

नेपालमा सन् २०१८ मा जारी भएको फौजदारी अपाराध संहिताले जबरजस्ती धर्म परिवतर्न अपराध मानेकोले धार्मिक अल्पसंख्यक समुदायहरु जोखिममा परेका बताउँदै उनले नेपालको संविधान र अन्तर्राष्ट्रिय प्रतिबद्धतामा कुनैपनि आस्था राख्ने तथा धार्मिक स्वतन्त्रताको अधिकार सुनिश्चतता गरेको तर व्यवहारमा लागू हुन भने चुनौती रहेको बताएकी छिन् ।

उनले नेपालमा पछिल्लोपटक बन्न लागेको अनलाइन मिडियाहरुसम्बन्धी नियम र निर्देशनहरुले प्रेस स्वतन्त्रता माथि प्रतिबन्ध लगाउने आधार तय गरेको जनाएकी छिन् ।


ताजा खबर